• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रहरीलाई छक्याएर जेलबाट भागे नेकपाका कार्यकर्ता, को हुन् उनि ?

    6.3K
    SHARES
    सांकेतिक तस्बिर

    बझाङ । बझाङ कारागारबाट रहेका विप्लवका एकजना कार्यकर्ता फरार भएका छन् । बुधवार बिहान करीब सवा ६ बजे उनी फरार भएका हुन् । हिरासतमा रहेका छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय प्रविन धामीलाई सदरमुकाम चैनपुरको कारागार राखिएको थियो ।

    जेलर झलक रोकायाले उनी विप्लव समूहका कार्यकर्ता रहेको बताए । गत कात्तिक १८ गते पुर्पक्षका थुनामा रहेका धामीविरूद्ध राष्ट्रिय तथा सार्वजनिक सम्पदाविरूद्धको कसुरमा मुद्दा चलाइएको थियो ।

    उनमा कार्तिक १७ गते उनमा कोरोना भाइरस पुष्टि भएको । संक्रमण पुष्टि भएपछि उनलाई कारागारभित्रैको आइसोलेसनमा राखिएको थियो । कोरोना देखिएपछि उनलाई बन्दीगृह भन्दाबाहिरको आइसोलेसनमा राखिएको थियो ।

    जेलर रोकायाका अनुसार उनी प्रहरीको ड्युटी परिवर्तन हुने समयमा पर्खाल चढेर भागेका हुन् । फरार भएका धामीलाई प्रहरीले खोजी थालेको छ । उनलाई अदालतले १० लाख धरौटी मागेको र तिर्न नसकेपछि थुनामा पठाइएको थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया