• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    जीवनशैली सौन्दर्य

    जाडोमा यसरी गर्नुस् छालाको केयर, नत्र हुनसक्छ सुख्खा

    1K
    SHARES

    जाडो मौसममा धेरै मानिसमा छाला सुख्खा हुने समस्या हुन्छ । जाडो मौसमा छालाका लागि उपयुक्त मौसम होइन । त्यसैले जाडोको समयमा छालाको विशेष केयर गर्नुपर्छ।

    चिसोका कारण ओठ, मुख र शरीर सुख्खा हुन्छ । सुख्खा छालामा छालासम्बन्धि रोगहरु बल्झिन्छ । हाम्रो शरीरिको तापक्रम भन्दा बाहिरी वातावरणको तापक्रम कम भएका वातावरणले शरीरको ताप तान्न थाल्छ ।

    जसले गर्दा हाम्रो शरीरबाट बानीको मात्रा कम हुन्छ र छाला सुख्खा हुने समस्या देखिन्छ । चिसोको समयमा विशेषगरी आनुहार हात खुट्टा लगायत कपडा प्रयोग नभएको भागको छाला सुख्खा हुन्छ ।

    यस्तै केही व्यक्तिमा भने वंशागुगत वा जन्मजात छाला सुख्खा हुने समस्या पनि हुन्छ । एलर्जी, दम, थाइराइडका बिरामी हर्कोनको समस्या भिटामिन डी र ईको कमी भएका व्यक्तिमा छाला सुख्खा हुन्छ ।

    छाला सुख्खा हुने कारण

    साबुनको धेरै प्रयोग गर्दा छाला फुट्ने समस्या बढ्छ । धेरै तातोपानीले नुहाउँदा। ब्लड प्रेसरको औषधि सेवा गर्नेहरुमा छाला सुख्खा हुने समस्या हुन्छ। सुगरको औषधि सेवन गर्ने व्यक्तिमा छाला सुख्खा हुने समस्या हुन्छ।

    कसरी गर्ने केयर ?

    जाडो मौसम सुरु भएसँगै शरीर ढाक्ने कपडा लगाउने, खानपानमा विशेष ध्यान दिने, प्रशस्त पानी पीउने, छालामा टाँसिने गरी सुतीको कपडा प्रयोग गर्ने, धेरै तातो पानीले ननुहाउने, एक बाल्टी मनतातो पानीमा दुइचम्चा नुन राखेर नुहाने ।

    यस्तो गर्दा छाला सुख्खा हुन पाउँदैन, हातमुख धुदा वा नुहाउँदा कडा खालको साबुन प्रयोग नगर्ने, नुहाएपछि तेल वा मोस्चराइजर लगाउने, छाला धेरै सुख्खा भएर हात खुट्टा फुट्ने समस्या छ भने मनतातो पानीमा नुन राखेर डुबाउने त्यसपछि तेल लगाउने ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ