• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गीत-सङ्गीत भिडियो

    एलिजा र आशिसको ‘यो धड्कन’ सार्वजनिक (भिडियोसहित)

    592
    SHARES

    काठमाडौं । अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत ‘यो धड्कन’ सार्वजनिक भएको छ । गायक विशालकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको निर्देशन तथा कोरीयोग्राफी गोविन्द राईको रहेको छ ।

    मिक्सडीया ग्रुपको प्रस्तुति रहेको भिडियोमा नायिका एलीजा गौतम र आशिस कुमार फिचर्ड छन् । पछिल्लो समय एलिजा म्युजिक भिडियोमा चर्चामा रहेकी छिन् । यता मोडल आशिस कुमार भने मिस्टर रौनियार २०१९ को बिजेता पनि रहेका छन् । उनको यो पहिलो म्युजिक भिडियो हो ।

    भरत रौनियारको शब्द तथा कन्सेप्टमा तयार पारिएको गीतको सङ्गीत खेम सरु मगरको रहेको छ भने एलेन मगरको छायाङ्कन , एकान्त मगरको सम्पादन र विशाल निरौलाकोको एरेन्ज गीतमा समावेश गरिएको छ । गीतको पोस्ट प्रोडक्सन डिसी फिल्म्सले गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया