• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    रोचक-विचित्र

    भिखारी ठानेर ‘शोरुम’बाट बाहिर निकालेपछि भयो हंगामा…

    858
    SHARES

    काठमाडौं । भनिन्छ, मानिसको पहिचान उसको मनबाट गर्नुपर्दछ, तनबाट होइन । साथै उसको पहिचान कपडा हेरेर गर्न हुँदैन । संसारमा त्यस्ता धेरै मानिसहरु छन्, जो धनी भएपनि देखाउन चाहँदैनन् र सामान्यरुपमा नै हिँडिरहेका हुन्छन् । त्यस्ता मानिसहरुलाई अधिकांशले भिखारी सम्झिन्छन् र आफ्नो घमण्ड देखाउन थाल्छन् ।

    यस्तै एउटा घटना एक व्यक्तिको जीवनमा पनि घटेको छ । यो घटना थाइल्याण्का एक ठूला बिजनेशम्यानको हो । उनी एक करोडपति व्यक्ति थिए । तर उनलाई पुरानो कपडा मन पर्दथ्यो र उनी त्यहि कपडा लगाएर हार्ले डेभिडसनको शोरुममा गएका थिए ।

     

    त्यहाँ गएर उनले नजिकै रहेको एक मोटरसाईकलको मूल्य सोधे । तर पुरानो कपडा लगाएकै कारण बाइकको बारेमा सोरुममा रहेका व्यक्तिले बोल्न उचित ठानेनन् र बाहिर जान बताए । उनले नमानेपछि कर्मचारीहरुले
    म्यानेजरलाई बोलाए ।

    म्यानेजरले पनि उनको कपडाबाट मूल्याङ्कन गरेर उनलाई बाहिर जा भन्दै चिच्याउन थाले । जब ति व्यक्तिले उक्त बाइकको मूल्य सोधेर सबै पैसा र केहि टिप्स समेत झिके तब सबै छक्क परे उनलाई उक्त बाइकको १२ लाख मूल्य भनेकोमा उनले सबै निकालेपछि त्यहाँ रहेका सबै अचम्मित बने ।

    उनको बारेमा पछि सत्यता खोल्दै जाँदा उनी एक ठूला बिजनेशम्यान भएको कुरा पत्ता लागेको थियो । त्यसपछि त्यहाँ रहेका कर्मचारी र म्यानेजरले पनि उनीसँग माफी मागेका थिए ।एजेन्सीको सहयोगमा

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया