• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विज्ञान-प्रविधि

    यस्तो छ विश्वकै पहिलो उड्ने कार, जान्नुहोस् मूल्य र अन्य जानकारी

    766
    SHARES

    कुनै समय गाडी भन्नु एउटा कल्पनाको कुरा थियो । तर, विश्वमा प्रविधिले एकपछि अर्को नयाँ विकास गरेको छ । कारमा त धेरैजसो चढ्नुभएको छ । नचढे पनि देख्नु त पक्कै भएको छ । केही वर्षयता चर्चामा रहेको कारको पछिल्लो रुपमा उड्ने कार हालै बजारमा उपलब्ध भएको छ ।

    यो कारको विकाससँगै अब ट्राफिक जाम कम हुने आँकलन पनि गरिएको छ । युरोपमा यो कारलाई चलाउन अनुमति समेत दिइएको छ । पर्सनल एयर ल्याण्ड ह्वीकलले निर्माण गरेको यो कार झट्ट हेर्दा सुपरकारजस्तो देखिन्छ । युरोपको रोडमा यसको सफल परीक्षण गरिएको छ । साथै यसलाई सडकमा चलाउन अनुमति दिइएको छ ।

    यो कारको परीक्षण फेब्रुअरी २०२० देखि गरिँदै आएको थियो । उक्त कम्पनीले सन् २०१२ मै यसको प्रोटोटाइप उडाउन सफल भएको थियो । हाललाई उक्त कारको मूल्य ३ लाख ९९ हजार डलर राखिएको छ । उक्त मूल्यमा कर भने समावेश गरिएको छैन ।

    यो हो विश्वकै महँगो गितार, कति छ मूल्य ?

    गितार बारे धेरैलाई थाहा छ । बजारमा गितार सजिलै किन्न पनि पाइन्छ । अहिले धेरै युवाको हातमा गितार हुन्छ । गितार बजाउदै गीत गुनगुनाएको पनि देखिन्छ । बजारमा गीतार कति मूल्यसम्ममा पाइन्छ होला । तपाइलाई थाहा छ विश्वकै महँगो गितार कुन होला । अमेरिकी गायक कर्ट कोबेनको गितार विश्वकै महँगो गितार मानिन्छ ।

    २७ वर्षको उमेरमा आफ्नो ज्यान फालेका कोबेनले आफ्नो मृत्यु भन्दा अगाडि सन् १९९३ १८ नोभेम्बर मा एमटिभीको लाइभ कार्यक्रममा प्रस्तुती दिएका थिए । उक्त भिडियोलाई अहिलेसम्म ३० करोड भन्दा बढीले हेरिसकेका छन् ।

    उक्त कार्यक्रममा उनले बजाएको गितारको मूल्य ६० लाख पाउण्डमा लिलामी भएको छ । उक्त महँगो गितारलाई अष्ट्रेलियाको रोड्स माइक्रोफोन कम्पनीका मालिक पीटर फ्रीडम्यानले किनेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया