• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खानपिन

    बदाम खाने गर्नुहुन्छ ? थाहा पाउनुस् यसका फाइदा

    1K
    SHARES

    धेरैले जाडोको समयमा घाममा बसेर बदाम खानमा रमाइलो मान्ने गर्छन् । मानिसले बदाम खाने गरे पनि यसका फाइदाका बारेमा भने खासै जानकार हुँदैनन् । नियमित बदाम खाँदा भने यसले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ । यसका फाइदा यस्ता छन्‌:

    मुटुरोगीका लागि फाइदाजनक
    नियमित बदाम खाँदा हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ। बदाममा हुने ‘एन्टी अक्सिडियन्ट’ र खनिज तत्वले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ ।

    क्यान्सरबाट जोगाउँछ
    बदामको नियमित सेवनले क्यान्सरजस्तो घातक रोगबाट पनि बचाउँछ । बदाममा पाइने फाइटोस्टेरोल नाम गरेको तत्वले ट्युमरलाई नियन्त्रण गर्नका साथै क्यान्सर हुनबाट जोगाउँछ ।

    मधुमेहबाट जोगाउँछ
    बदामले मधुमेहबाट पनि जोगाउन मद्दत गर्छ । यसमा पाइने म्याग्नेसियमले शरीरमा उचित मात्रामा ब्लड सुगरको तह कायम राख्न सघाउँछ ।

    डिप्रेसनबाट बचाउँछ
    बदाममा ‘ट्राइपटोफन’ नामक तत्व पाइन्छ । यसले डिप्रेसनविरुद्ध लड्न सहयोग गर्छ। स्ट्रेस र तनावबाट मुक्त हुनका लागि दैनिक एक मुठी बदाम खाँदा फाइदा हुन्छ ।

    वजन नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ
    बदाम खाँदा पेट छिट्टो डुम्म हुन्छ । जसले गर्दा धेरै खाने इच्छा नहुँदा मोटा मानिसको तौल कम हुने सम्भावना हुन्छ । मोटा मानिसले नियमित बदाम खाँदा तौल घटाउन प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ ।

    गर्भवती र शिशुलाई फाइदा
    बदाममा हुने फोलिक एसिडले न्युरल ट्युब डिफेक्टस भएको शिशुलाई फाइदा गर्छ । गर्भाधारणको शुरुदेखि नै यस्ता समस्याबाट बच्न महिलाले बदाम खाँदा फाइदाजनक हुन्छ ।

    कोलेस्टेरोल नियन्त्रण गर्छ
    बदाममा पाइने‘फ्याटी एसिड’ले शरीरमा सन्तुलित कोलेस्टेरोल तह कायम गर्न सहयोग गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

    छालामा चमक आउँछ
    बदाममा हुने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिजर्भेट्रोल’ तत्वले छालालाई चम्किलो बनाउँछ । साथै यसमा पाइने पोषणयुक्त फाइबरले छालामा हुने अत्यधिक तेललाई निकालेर छालालाई नरम बनाउँछ । बदाममा छालालाई चाउरी पर्नबाट जोगाउने तत्व हुन्छ। नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ