• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विज्ञान-प्रविधि

    हराएको मोबाइलबाट फोटो, भिडियो दुरूपयोग होला भनेर चिन्तित हुनुहुन्छ ? यस्तो छ हटाउने तरिका

    1.2K
    SHARES

    काठमाडौँ । मोबाइल हराएमा तपाईँ हामलाई अर्को खरिद गर्नु पर्ने चिन्ताले मात्र सताउँदै । हराएको मोबाइलमा भएका फोटो, भिडियोसहितका डाटा कसैले दुरूपयोग गर्दिने हो कि भन्ने चिन्ताले पनि खुबै सताउँछ ।

    यदि तपाईंको फोन कतै चोरी भएको छ र तपाईंको व्यक्तिगत फोटोहरू र भिडियोहरू यसमा छन् भने पनि अब तपाईं आत्तिनु पर्दैन। हराएको मोबाइलमा भएका फोटो, भिडियोसहितका डाटा तपाईँ आफैँले डिलिट गरिदिन सक्नु हुन्छ । जसका लागि तपाईले निम्त तरिका अपनाउन जरूरी छ ।

    यस्तो छ तरिका

    तपाईँले हराएको मोबाइलका फाइल हटाउनका लागि सबैभन्दा पहिला तपाईको कम्प्युटर वा अन्य मोबाइलमा सर्वप्रथम त इन्टरनेटको जरूरत हुन्छ । यदी इन्टरनेट छैन भने त्यो काम असम्भव छ । अर्थात आधारभूत सर्त नै इन्टरनेट हो ।

    अब सबैभन्दा पहिले आफ्नो कम्प्युटर वा अन्य फोनमा इन्टरनेट ब्राउजर खोल्नुहोस्। यहाँ तपाईले हराएको फोन खोज्न https://www.google.com/android/find टाइप गर्नुपर्नेछ।

    अब तपाईले त्यहाँ आफ्नो जीमेल आईडीबाट लगइन गर्नु पर्छ जुन हराएको वा चोरी भएको तपाईँको स्मार्टफोनमा पनि राख्नु भएको छ। त्यहाँ तपाईले प्ले साउन्ड, सिक्योर डिभाइस र ईरेज डिभाइसको तीनवटा विकल्प देख्नुहुनेछ।

    सो फोनको डाटा मेटाउन अब तपाईंले (ERASE DEVICE) इरेज डिभाइसमा क्लिक गर्नुहोस् । एकचोटि अझै क्लिक गरेपछि तपाईले त्यसमा जीमेल पासवर्ड पुन राख्नुपर्नेछ।

    यदि इन्टरनेट तपाईंको सो फोन इन्टरनेटमा कनेक्ट छ भने तपाईंले आफ्नो सबै डाटा मेटाउन सक्नुहुन्छ। यसबाट तपाईँको तनाव कम हुन्छ । हराएको फोन नै नभेटिए पनि कोही दुष्ट व्यक्तिले त्यसका डाटा दुरूपयोग गर्नबाट जोगाउन सकिन्छ ।

    त्यस्तै स्मार्टफोन हाम्रो जीवनको हिस्सा बनिसकेको छ । आज बच्चादेखि बुढासम्म धेरैले मोबाइललाई आफ्नो साथी बनाएका छन्। धेरैजसो युवाका लागि स्मार्टफोन खाना, पानी जत्तिकै आवश्यक भइसकेको छ । सोसल मिडिया, च्याटिङ, गेमिङ, इन्टरनेट सर्फिङ, बैंकिङ, अनलाइन लर्निङ, भिडियो च्याटिङ, मिटिङ आदि लगायतका थुप्रै कुरा स्मार्टफोनको मद्दतले गर्न सक्छौं। तर स्मार्टफोनको चाहिनेभन्दा प्रयोगले मानिसहरुमा थुप्रै समस्या देख्न थालिएको छ । विशेषगरी यसमा युवाको संख्या अत्यधिक छ ।

    प्रत्येक दिन दिनभरी स्मार्टफोनको प्रयोग गर्दा हात, औंला, कुहिनो र आँखासँग जोडिएका समस्या देखिन थालेको छ । यीमध्ये ३ समस्या सबैभन्दा साधारण छ । पिङ्क आई सिन्ड्रोम- यो स्मार्टफोन प्रयोगकर्ताको सबैभन्दा साधारण समस्या हो । धेरै बेरसम्म फोन प्रयोग गर्दा वा अबेर रातीसम्म मोबाइल चलाउँदा आँखाको नसा सुन्निने गर्छ जसका कारण आँखा रातो हुन्छ । यो समस्या ल्यापटप र ट्याबलेट प्रयोगकर्तासँग पनि हुन्छ ।

    टेक्सटिङ थम्ब सिन्ड्रोम- जो मानिस धेरैसम्म च्याट गर्छन् वा स्र्माटफोनमा अत्यधिक टेक्स्ट गर्छन्, उनीहरुमा यस्तो समस्या धेरै देखिने गर्छ । यो समस्या हुँदा औंलाको नसा, मांसपेशी र नशामा क्षती हुन थाल्छ । सुरुमा त तपाईंलाई यसबारे थाहा हुँदैन तर यो समस्याका कारण मानिसहरुले केही चिज समात्ने क्षमता गुमाउन थाल्छन् र औंलामा पीडा हुन्छ ।

    सेल्फी एल्बो- सेल्फी एल्बो एक न्यूरो–अर्थोपेडिक समस्या हो अर्थात् यसका कारण तपाईंको हड्डी र नशा दुबैमा असर पर्छ । सेल्फी एल्बोको नाम सेल्फी भएपनि यो समस्या सेल्फी लिने मात्रैमा नभई स्मार्टफोनका अन्य प्रयोगकर्तामा पनि हुनसक्छ । तर साधारणतया जो सेल्फी धेरै लिन्छन्, उनीहरुमा समस्या धेरै हुन्छ । यो समस्याका कारण व्यक्तिको हात र कुहिनामा पीडा हुनथाल्छ ।

    टेक्स्ट नेक सिन्ड्रोम- स्मार्टफोनको प्रयोग गर्दा गर्धन झुकेको हुन्छ । यस्तोमा धेरै बेरसम्म स्मार्टफोन चलाउनेहरुलाई अर्को एउटा समस्या हुन्छ जसलाई टेक्स्ट नेक सिन्ड्रोम भनिन्छ । यसका कारण विशेषगरी गर्धन दुख्छ । लामो समयसम्म फोन चलाउँदा तपाईंको मेरुदण्डको हड्डीमा पनि क्षती पुग्नसक्छ ।

    यी समस्याबाट बच्नका लागि अपनाउनुहोस् यी उपायः मोबाइल फोनको प्रयोग सकेसम्म कम गर्न कोसिस गर्नुहोस्य, यदि तपाईं भिडियो हेरिरहनुभएको छ भने मोबाइल फोनलाई धेरै बेरसम्म हातमा राख्नुको साटो कुनै स्थानमा राखेर हेर्नुहोस् । स्मार्टफोनमा धेरै टेक्स्ट टाइप गर्नुपरे, भोइस टाइपिङको प्रयोग गर्नुहोस् । यदि स्मार्टफोनको प्रयोग दिनभरी गर्नुपर्ने बाध्यता छ भने कम्तीमा ब्लू रे कट ग्लासेज चश्मा लगाउनुहोस् ।

    धेरै बेरसम्म टाउको झुकाएर स्मार्टफोन चलाउने कोसिस नगर्नुहोस। अबेर रातीसम्म मोबाइल फोन प्रयोग नगर्नुहोस् । निद्रा तपाईंका लागि अत्यावश्यक छ । एउटै हातले धेरै बेरसम्म मोबाइल नचलाउनुहोस् । सर्फिङका लागि एउटै औंला मात्र पनि प्रयोग नगर्नुहोस् । यसको साटो अन्य औंलाको पनि प्रयोग गर्नुहोस् र हात परिवर्तन गरिरहनुहोस्

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया