• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    आईपीएलमा राजस्थानले पन्जाबलाई ७ विकेटले हरायो

    434
    SHARES

    काठमाडौं । बेन स्टोक्सको अलराउन्ड प्रदर्शनको मद्दतमा राजस्थान रोयल्सले किंग्स इलाभेन पन्जाबलाई सात विकेटले हराएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा राजस्थानले १८६ रनको लक्ष्य १८ औं ओभरमा तीन विकेट गुमाएर भेटायो ।

    राजस्थानको जितमा बेन स्टोक्सले सबैभन्दा धेरै ५० रन योगदान गरे । अल राउन्ड प्रदर्शन गरेका स्टोक्स म्यान अफ द म्याच बने । सन्जु सामसन अर्धशतक बनाउन दुई रनले चुके । रोबिन उथप्पाले ३० रन बनाउँदा स्टिभ स्मिथ ३१ र जोस बटलर २२ रनमा नटआउट रहे ।

    बलिङतर्फ मुरगन आश्विन र क्रिस जोर्डनले १–१ विकेट लिए । यसअघि अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८५ रन बनाएको थियो । पन्जाबका लागि क्रिस गेल शतक बनाउन १ रनले चुके । ६३ बल सामना गरेका उनले ८ छक्का र ६ चौकाको मद्दतमा ९९ रन बनाए ।

    यसैगरी केएल राहुलले ४१ बलमा ४६ रन बनाए । मन्दिप सिंहले खाता नै खोल्न सकेनन् । निकोलस पुरनले २२ रन बनाउँदा ग्लेन म्याक्सवेल ६ र दीपक हुडा १ रनमा नटआउट रहे । बलिङतर्फ जोफ्रा आर्चर र बेन स्टोक्सले २–२ विकेट लिए ।

    त्यस्तै पञ्जाबका लागि ८ छक्कासहित ९९ रन जोडेका क्रिस हेनरी गेलले भने टी–२० क्रिकेट इतिहासमा अर्को कीर्तिमान बनाएका छन् । अबुधाबीस्थित शेख जायद रंगशालामा राजस्थानविरुद्ध सातौं छक्का प्रहार गरेपछि गेल टी–२० इतिहासमा १००० छक्का प्रहार गर्ने पहिलो खेलाडी बने ।

    ४१ वर्षीय जमैकनको नाममा १००१ छक्का दर्ता भएको छ । त्यसमध्ये ३४९ छक्का आईपीएलमा प्रहार गरेका हुन् । यो संख्या आईपीएल इतिहासको पनि कीर्तिमान हो । गेलले सीपीएलमा १६२, बीपीएलमा १३२ र टी–२० विश्वकपमा ६० छक्का हानेका छन् ।

    आईएपीएलमा एउटै म्याचमा सर्वाधिक रन जोडेको कीर्तिमान पनि उनकै नाममा छ । सन् २०१३ मा गेलले १७ छक्का र १३ चौका सहित ६६ बलमा १७५ रन बनाएका थिए । टी–२० मा गेलपछि सर्वाधिक ६९० छक्का किरोन पोलार्ड र ४८५ छक्का ब्रेनडोन म्याक्लुमले प्रहार गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ