• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    एकाविहानै देशै हल्लिने गरी शक्तिशाली भूकम्प गयो, यस्ताे छ मानवीय क्षतिकाे विवरण

    6.6K
    SHARES

    काठमाडाैं । विश्व कोरोनाले आक्रान्त छ । यसति अवस्थामा टर्की र ग्रिसको टापुमा भूकम्पका कारण घर भत्किँदा २२ जनाको ज्यान गएको छ । टर्कीको एइजिन तट र सामाेसको ग्रिस टापुको उत्तर केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण यूएसजीएसले जनाएको छ।

    तर टर्कीले भने ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । भूकम्पका कारण टर्कीको इज्मिर प्रान्तमा २० जनाको ज्यान गएको छ भने ७ सय ८६ जना घाइते भएका छन् । यस्तै सामोसमा दुई जनाको ज्यान गएको छ। भूकम्पपछि आएको सुनामीका कारण इज्मिर र सामोसमा बाढी आएको छ । अहिले खोजी तथा उद्धारको काम चलिरहेको छ ।

    ३० सेकेन्ड भित्रै कोरोना भाइरस नष्ट पार्न वैज्ञानिकहरुले पत्ता लगाए यस्तो नयाँ तथ्य

    माउथवासको सम्पर्कमा आएको ३० सेकेन्ड भित्रै कोरोनाभाइरस नष्ट हुने तथ्य वैज्ञानिकहरुले फेला पारेका छन् । प्रयोगशालामा गरिएको अनुसन्धानमा सो कुरा पत्ता लागेको हो । माउथवास कोरोनाभाइरस नष्ट गर्न निकै प्रभावकारी हुने कार्डिफ युनिभर्सिटीका वैज्ञानिकहरुले फेला परेका हुन् ।

    बेलायतको वेल्समा रहेको युनिभर्सिटीको अस्पतालमा भर्ना भएका कोभिड–१९ का बिरामीमाथि गरिएको क्लिनिकल ट्रायलपश्चात् यस्तो रिपोर्ट सार्वजनिक भएको हो । डा. निक क्लेडनले यो अनुसन्धानपश्चात् माउथवास अब मानिसहरुको दैनिक रुटिनको महत्वपूर्ण हिस्सा बन्ने अनुमान गरेका छन् ।

    र्‍यालमा भएको भाइरसलाई माउथवासले मार्न सक्ने कुरा अनुसन्धानले बताएपनि यो कोरोनाभाइरसको उपचारमा प्रयोग गर्न सकिने कुरामा कुनै प्रमाण भने भेटिएको छैन । किनभने माउथवास श्वासनली र फोक्सोसम्म पुग्न सक्दैन ।

    स्पेसलिस्ट पिरियोडन्टोलोजिस्ट डा. क्लेडनले भने, ‘कार्डिफ युनिभर्सिटीको क्लिनिकल ट्रायलमा यस्तै सकारात्मक नतिजा देखिए सीपीसी आधारित माउथवासले मानिसहरुको दैनिकीमा महत्वपूर्ण स्थान ओगट्न सक्छ । त्यसरी नै जसरी हात धुने, सामाजिक दुरी, मास्कको प्रयोग हालका समयमा मानिसको दैनिकी बनेका छन् ।’

    युनिभर्सिटीको रिपोर्टमाप्रकाशित जानकारी अनुसार शुन्य दशमलव ०७ प्रतिशत सेटिपिरिडिनियम क्लोराइड (सीपीसी) भएको माउथवासले भाइरसलाई नष्ट गर्न निकै प्रभावकारी भूमिका खेलेको छ ।

    रिपोर्टलाई सहकर्मीहरुले समीक्षा गर्न बाँकी नै भएपनि यसले भर्खरै गरिएको एक अनुसन्धानलाई समर्थन गरेको छ । उक्त अनुसन्धानमा माउथवासले भाइरल लोडलाई कम गर्न सहयोग गर्ने बताएको थियो ।

    अनुसन्धानका मुख्य अनुसन्धाता डा.रिचर्ड स्ट्यानटनले भने, ‘प्रयोगशालामा कुनै शर्तसहित गरिएको अनुसन्धानमा गिजाको समस्याका लागि तयार पारिएको माउथवासले सार्स–कोभ–२ कोरोनाभाइरसलाई निष्क्रिय पार्न सक्ने तथ्य फेला परेको छ ।’

    ‘यो अनुसन्धानलाई अन्य वैज्ञानिकले समीक्षा गरिसकेका छैनन् जुन कुनै पनि शैक्षिक अनुसन्धानको महत्वपूर्ण पाटो हो । यसलाई अब जर्नलमा प्रकाशित गर्न दिइएको छ ।’ ‘सर्वसाधारणले बेलायतको सरकारले जारी गरेको दिशानिर्देशको पलना गर्न आवश्यक छ । उनीहरुले आफ्नो हात बारम्बार धोइरहनुपर्छ भने सामाजिक दुरीको पनि पालना गर्नुपर्छ ।’

    अमेरिकाले आउँदो महिनाबाट आफ्ना नागरिकलाई कोभिड-१९को खोप दिने तयारी गरेको छ । अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रम प्रमुख डा. मोन्सेफ स्लावीले डिसेम्बर महिनाको ११ तारिखसम्ममा खोप उपलब्ध हुन सक्ने गरी तयारी भइरहेको जनाएका छन् ।

    सीएनएनसँग कुराकानीमा डा.स्लावीले खोप स्वीकृति पाएको ४८ घन्टाभित्र नागरिकलाई खोप उपलब्ध गराउने तयारीका साथ काम भएको जनाएका छन् । खोप त्यहाँका राज्यहरूको जनसङ्ख्याको आधारमा वितरण गरिने उनले बताए ।

    डा. स्लावीले सुरुमा खोप कसलाई दिने भन्ने निर्णय सम्बन्धित राज्यहरूले गर्ने बताए । तर, स्वास्थ्य कार्यकर्ता र वृद्धवृद्धाजस्ता जोखिम समूहमा पर्नेहरूलाई प्राथमिकता दिइने उनको भनाइ छ। अमेरिकामा दैनिक कोरोना संक्रमणको वृद्धिसमा नयाँ रेकर्ड कायम भइरहँदा डा. स्लावीको अभिव्यक्तिपछि त्यहाँ केही आशा जागेको जनाइएको छ ।

    वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा एक करोड २५ लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । दुई लाख ६२ हजार जनाको मृत्यु भइसकेको छ। अमेरिका कोरोना भाइरसले सबैभन्दा धेरै असर गरेको मुलुकको प्रमुख स्थानमा समेत छ ।

    अमेरिकी कम्पनी फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले अमेरिकामा आफ्नो खोपलाई आकस्मिक अनुमति दिन शुक्रवार आवेदन दिइसकेका छन्। दुई पटक लगाइनुपर्ने खोपको परीक्षण ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ।

    फाइजरको खोपलाई अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए)ले स्वीकृतिको तयारी पनि गरेको जनाइएको छ । त्यसका लागि एफडीएले डिसेम्बर १० तारिखमा खोप सुरक्षित छ या छैन भनेर निर्क्यौल दिने ठानिएको छ ।

    सोही दिन एफडीएको खोपसम्बन्धी परामर्श समितिको बैठक बस्न लागेको बीबीसीले उल्लेख गरेको छ । फाइजरको उक्त खोप परीक्षणको क्रममा ६५ वर्ष भन्दामाथिका ९४ प्रतिशतमा प्रभावकारी देखिएको दाबीसँगै उसलाई अनुमति दिने तयारी भएको हो ।

    फाइजरले तयार पारेको खोप परीक्षण गरिएका ४१ हजार जनामध्ये ९४ प्रतिशतलाई ठीक भएको दाबी गरिएको थियो । परीक्षणका क्रममा मानिसको प्रतिरक्षा प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सक्रिय पार्न यो खोपमा उक्त भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो।

    खोप लिएपछि कोरोनाभाइरुसविरुद्ध लड्नका लागि शरीरले रोगसँग लड्ने एन्टीबडी र टी-सेलहरू आफैँ बनाउँने कम्पनीले दाबी गरेको छ । फाइजरले यो वर्षको अन्त्यसम्ममा पाँच करोड डोज खोप उत्पादन गर्ने पनि जनाइएको छ ।

    अर्को कम्पनी मोडेर्नाले परीक्षणको आधारमा आफ्नो खोप पनि करिब ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको छ। डा. स्लावीले खोपको प्रभावकारिताका आधारमा आउँदो मे महिनासम्ममा खोपमार्फत् ७० प्रतिशत जनसङ्ख्यामा रोग प्रतिरोधात्मक क्षमता विकास गरिने जनाएका छन् ।

    भिड-१९ उपचारः अक्सफर्ड यूनिभर्सिटीको खोपले कोरोनाभाइरस सङ्क्रमणविरुद्ध ७०% सुरक्षा दिने

    यूनिभर्सिटी अफ अक्सफर्डले कोरोनाभाइरसविरुद्ध बनाएको खोपले ७० प्रतिशत मानिसमा कोभिडको लक्षण बन्न नदिने एउटा ठूलो परीक्षणले देखाएको छ। यसअघि फाइजर र मोडर्ना कम्पनीले बनाएका दुई छुट्टाछुट्टै खोपले ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने घोषणा गरिएको थियो।

    तर ती दुई खोपभन्दा अक्सफर्डको खोप धेरै सस्तो हुने, सजिलै भण्डारण गर्न सकिने तथा संसारमा जहाँ पनि सहज रूपमा लैजान सकिने देखिएको छ। नियामक निकायबाट प्रयोग गर्न अनुमति प्राप्त भएमा यो खोपले कोरोनाभाइरसको वैश्विक महामारी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

    खोप विकासका लागि प्रायः एक दशक लाग्ने प्रक्रिया अक्सफर्डका वैज्ञाननिकहरूले १० महिनामा सम्पन्न गरेका थिए। “आजको घोषणाले हामीलाई खोपको प्रयोगबाट कोरोनाभाइरसका कारण सिर्जित विनाश अन्त्य गर्न अर्को पाइला अगाडि लगिदिएको छ,” उक्त खोप निर्माणकी योजनाकार प्राध्यापक सारा गिल्बर्टले भनिन्।

    यूके सरकारले अक्सफर्ड खोपको १० करोड मात्रा लिने बताइसकेको छ। त्यो परिमाणको खोप पाँच करोड मानिन्छलाई पर्याप्त छ। यो खोप परीक्षणमा २०,००० स्वयंसेवकहरू सहभागी भएका थिए। तीमध्ये आधाभन्दा बढी यूकेमा र बाँकी ब्रजिलमा थिए।

    दुई मात्रा खोप दिइएकामध्ये ३० जनालाई कोभिड भयो तर डमी अर्थात् नक्कली खोप दिएका १०१ जनालाई कोरोनाभाइरस सङ्क्रमण भयो। अनुसन्धानकर्ताहरूका अनुसार यो खोपले ७० प्रतिशत सुरक्षा दिन्छ।

    स्वयंसेवकहरूलाई दुई चोटि उच्च मात्रामा खोप दिइँदा ६२ प्रतिशत सुरक्षा भएको देखियो। तर पहिलो पटक कम मात्रा र दोस्रो पटक उच्च मात्रामा खोप दिँदा सुरक्षा ९० प्रतिशतसम्म पुग्यो। के कारणले त्यत्रो भिन्नता देखियो भन्ने कुरा स्पष्ट भएको छैन।

    “हामी परिणामबाट साँच्चै सन्तुष्ट छौँ,” प्रमुख अनुसन्धानकर्ता एन्ड्रू पोलर्डले बीबीसीलाई बताए। उनका अनुसार ९० प्रतिशत प्रभावकारिताको तथ्याङ्क उत्साहवर्धक छ अनि त्यसबाट वितरण गर्न धेरै मात्रामा खोप हुनेछ।

    उता अमेरिकाले आउँदो महिनाबाट आफ्ना नागरिकलाई कोभिड-१९को खोप दिने तयारी गरेको छ । अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रम प्रमुख डा. मोन्सेफ स्लावीले डिसेम्बर महिनाको ११ तारिखसम्ममा खोप उपलब्ध हुन सक्ने गरी तयारी भइरहेको जनाएका छन् ।

    सीएनएनसँग कुराकानीमा डा.स्लावीले खोप स्वीकृति पाएको ४८ घन्टाभित्र नागरिकलाई खोप उपलब्ध गराउने तयारीका साथ काम भएको जनाएका छन् । खोप त्यहाँका राज्यहरूको जनसङ्ख्याको आधारमा वितरण गरिने उनले बताए ।

    डा. स्लावीले सुरुमा खोप कसलाई दिने भन्ने निर्णय सम्बन्धित राज्यहरूले गर्ने बताए । तर, स्वास्थ्य कार्यकर्ता र वृद्धवृद्धाजस्ता जोखिम समूहमा पर्नेहरूलाई प्राथमिकता दिइने उनको भनाइ छ। अमेरिकामा दैनिक कोरोना संक्रमणको वृद्धिसमा नयाँ रेकर्ड कायम भइरहँदा डा. स्लावीको अभिव्यक्तिपछि त्यहाँ केही आशा जागेको जनाइएको छ ।

    वर्ल्डोमिटर्सका अनुसार अमेरिकामा एक करोड २५ लाखभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । दुई लाख ६२ हजार जनाको मृत्यु भइसकेको छ। अमेरिका कोरोना भाइरसले सबैभन्दा धेरै असर गरेको मुलुकको प्रमुख स्थानमा समेत छ ।

    अमेरिकी कम्पनी फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले अमेरिकामा आफ्नो खोपलाई आकस्मिक अनुमति दिन शुक्रवार आवेदन दिइसकेका छन्। दुई पटक लगाइनुपर्ने खोपको परीक्षण ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ।

    फाइजरको खोपलाई अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए)ले स्वीकृतिको तयारी पनि गरेको जनाइएको छ । त्यसका लागि एफडीएले डिसेम्बर १० तारिखमा खोप सुरक्षित छ या छैन भनेर निर्क्यौल दिने ठानिएको छ ।

    सोही दिन एफडीएको खोपसम्बन्धी परामर्श समितिको बैठक बस्न लागेको बीबीसीले उल्लेख गरेको छ । फाइजरको उक्त खोप परीक्षणको क्रममा ६५ वर्ष भन्दामाथिका ९४ प्रतिशतमा प्रभावकारी देखिएको दाबीसँगै उसलाई अनुमति दिने तयारी भएको हो ।

    फाइजरले तयार पारेको खोप परीक्षण गरिएका ४१ हजार जनामध्ये ९४ प्रतिशतलाई ठीक भएको दाबी गरिएको थियो । परीक्षणका क्रममा मानिसको प्रतिरक्षा प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सक्रिय पार्न यो खोपमा उक्त भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो।

    खोप लिएपछि कोरोनाभाइरुसविरुद्ध लड्नका लागि शरीरले रोगसँग लड्ने एन्टीबडी र टी-सेलहरू आफैँ बनाउँने कम्पनीले दाबी गरेको छ । फाइजरले यो वर्षको अन्त्यसम्ममा पाँच करोड डोज खोप उत्पादन गर्ने पनि जनाइएको छ ।

    अर्को कम्पनी मोडेर्नाले परीक्षणको आधारमा आफ्नो खोप पनि करिब ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको छ। डा. स्लावीले खोपको प्रभावकारिताका आधारमा आउँदो मे महिनासम्ममा खोपमार्फत् ७० प्रतिशत जनसङ्ख्यामा रोग प्रतिरोधात्मक क्षमता विकास गरिने जनाएका छन् ।

    यसैबीच विश्वभर (कोभिड-१९) कोरोना भाइरसबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ७८ लाख ११ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

    संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ४ करोड ३१ लाख ८८ हजार जना भन्दा बढि छन् । वर्ल्डोमिटर्स डट इन्फोकोरोना भाइरसका अनुसार संक्रमितको संख्या भने ६ करोड २५ लाख ६२ हजार नाघेको छ भने मृतकको संख्या १४ लाख ५८ हजार ९३ जना पुगेको छ यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये १ लाख ५ हजार २३८ जनाको अवस्था गम्भीर छ ।

    त्यस्तै भाइरसका कारण अमेरिकामा विश्वकै सबै भन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा १ कराेड ३६ लाख १० हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म २ लाख ७२ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने २४ हजार ६४७ को अवस्था गम्भीर छ । अहिलेसम्म ८० लाख ४१ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ५२ लाख ९६ हजार जनामा भाइरस सक्रिय छ ।

    छिमेकी मुलुक भारतमा संक्रमित संख्या हालसम्म ९३ लाख ९० हजार ७९१ जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । संक्रमित मध्ये १ लाख ३६ हजार ७०५ जनाको ज्यान गइसकेको छ । जसमध्ये ८७ लाख ९९ हजार २४९ जना निको भएका छन् । सक्रिय केस ४ लाख ५४ हजार ८३७ जनामात्र छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।

    तेस्राे स्थानमा रहेकाे ब्राजिलमा ६२ लाख ९० हजार जना संक्रमितमध्ये ५५ लाख ६२ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने १ लाख ७२ हजारभन्दा बढी छन् । हाल ५ लाख ५५ हजार जनामा काेराेना भाइरस सक्रिय छ ।

    नेपालमा भाइरस संक्रमित २ लाख ३० हजार ७२३ जना पुगेका छन् भने २ लाख ११ हजार १८६ जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या १ हजार ४५४ पुगेको छ भने १८ हजार ८३ जना उपचाररत छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया