• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights खेलकुद

    आईपीएलमा आज पञ्जाव र राजस्थान भिड्दै

    423
    SHARES

    एजेन्सी । युएईमा जारी १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज किङ्स इलाभेन पन्जाब र राजस्थान रोयल्सबीच खेल हुँदैछ । प्ले अफ दौडमा रहेका पन्जाब र राजस्थान दुबैलाई जित्नै पर्ने दबाब छ ।

    आबुधाबीमा खेल्नेछ । पन्जाब र राजस्थानबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ । शेख जायद क्रिकेट स्टेडियममा पन्जाब सातौँ जितको खोजीमा हुनेछ । पन्जाब १२ खेलमा १२ अंक जोड्दै तालिकाको चौंथो स्थानमा रहेको छ ।

    केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाब राजस्थानलाई हराएर प्ले अफ यात्रा बलियो बनाउन चाहन्छ । पछिल्लो खेलमा पन्जाबले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यस्तै पन्जाब राजस्थानसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । यसअघिको भेटमा पन्जाबलाई राजस्थानले ४ विकेटले हराएको थियो ।

    स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थानलाई भने पन्जाबविरुद्धको खेल महत्वपूर्ण रहेको छ । प्ले अफको सम्भावना कायम राख्न पनि राजस्थानलाई जितको विकल्प छैन । १२ खेलमा १० अंक जोडेको राजस्थान सातौं स्थानमा रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ