• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    गृहजिल्ला बझाङमा आफ्नै कार्यकर्ताबाट लखेटिए अनेरास्ववियू संयोजक ऎन महर , भागेर कहाँ पुगे ?

    0.9K
    SHARES

    बझाङ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का संयोजक ऎन महर बझाङबाट लखेटिएका छन् । बिहिबार उनलाई अनेरास्ववियूकै कार्यकर्ताहरुले कालो झण्डा देखाएर लखेटेका हुन ।

    जिल्लाको बुङ्गल नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा संयोजक महरलाई सुरूमै अनेरास्ववियूका जिल्ला कमिटीका नेताहरूले कालो झण्डा देखाएका थिए । त्यसपछि कार्यक्रममा विद्यार्थी नेताहरूले ‘अनेरास्ववियू जिन्दावाद’, ‘गुट भेला मुर्दावाद’ भन्दै नाराबाजीसमेत गरे ।

    महर त्यहाँबाट टसको मस नभएपछि कार्यकर्ताहरुले ढुङ्गामुडा गरेर लखेटेकाे अनेरास्ववियू बझाङका एक नेताले संचारकेन्द्रलाई टेलिफोन गरि बताए । कालो झण्डा देखाउने अनेरास्ववियूका जिल्ला कमिटी सदस्य गणेश कुँवर र पूर्वजिल्ला कमिटी सहसचिव रामचन्द्र जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    यस्तै वडा नम्बर ५ का वडा कमिटी अध्यक्ष, नगर कमिटी सदस्य नमेश कुवर, त्रिवेणी बहुमुखी क्याम्पसका स्ववियु सभापति जयबहादुर कुँवर र सचिव मिलन ताम्राकार भने बेपत्ता भएका जिल्ला कमिटी सदस्य गणेश कुँवरले जानकारी दिए।

    बझाङमा अनेरास्ववियू संगठन विस्तार गर्दा संयोजक महरले एकता विधानविपरीत कार्य गरेको भन्दै अनेरास्ववियूका नेता कार्यकर्ताहरुले व्यापक असन्तुष्टि जनाउँदै आएका थिए। संगठनमा लामो समय काम गरेका, सिनियर विद्यार्थी नेतालाई लत्याएर आफन्त नातागोतालाई संगठनको जिम्मेवारी दिइएपछि असन्तुष्टि जनाउँदै संयोजक महरलाई लखेटेका हुन्।

    भाग्ने क्रममा महर घाइते समेत भएको बताइएको छ, अहिले महर बझाङकै एक हाेटलमा बसेकाे ती जिल्ला नेताले बताए । यसअघि पनि आफ्ना आसेपासेलाई बोकेर सरकारी गाडीमा महर बझाङ पुगेपछि कार्यकर्ताहरुले चरम असन्तुष्टि जनाएका थिए । सत्तारुढ नेकपाभित्र व्यापक अन्तरबिरोध छ ।

    पार्टीका २ अध्यक्ष केपी ओली र प्रचण्डबीच नै व्यापक मनमुटाव बढेकाे छ । दुई अध्यक्षबीचको बढ्दो मनमुटावले नेकपाको केन्द्रीय कमिटी बैठक प्रभावित भएको छ । गत २६ भदौमा सकिएको स्थायी कमिटी बैठकले तत्कालका लागि पार्टीको अन्तरविरोध हल गर्दै कार्तिक १५ देखि १६ सम्मका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

    केन्द्रीय कार्यालयका सचिवद्धय श्रीराम ढकाल र इश्वरी रिजालले केन्द्रीय सदस्यलाई पठाएको सूचनामा ‘कार्तिक १५ गतेदेखि आयोजना गरिएको तेश्रो पूर्ण बैठक कोभिड–१९ महामारीका कारण स्थगित गरिएको’ उल्लेख छ । स्थगित बैठक बैठक आगामी मंसिर १५ देखि १७ मा आयोजना हुने सूचना दिइएको छ ।

    तर, दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच उत्पन्न मतभेदले वैठक प्रभावित भएको सचिवालयका एक सदस्यले बताए । मन्त्रिपरिषद् हेरफेर, कर्णाली विवाद र रअ प्रमुखको नेपाल भ्रमणले ओली र दाहालबीच तिक्तता बढाएको छ । विगत एक सातादेखि ओली र दाहालबीच संवादसमेत भएको छैन । कर्णाली विवादमा उनीहरुले भिन्दाभिन्दै निर्देशन जारी गरेका थिए ।

    केन्द्रीय कमिटीको दोस्रो बैठकले तय गरेको मिति चैत २५ देखि ३०मा एकताको राष्ट्रिय महाधिवेशन काठमाडौँमा सम्पन्न गर्ने निर्णयअनुसार त्यसमाथि थप तयारीका लागि स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । ‘महाधिवेशनसम्बन्धी कार्ययोजना पारित गर्न कात्तिक १५ देखि १७ गते केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने’ स्थायी कमिटीको निर्णयमा थियो । केन्द्रीय कमिटीको बैठक प्रभावित भएलगत्तै त्यहाँबाट गर्ने भनिएका काम रोकिने र त्यसले महाधिवेशन अनिश्चत गराउने केही नेताहरुको आंशका छ ।

    केन्द्रीय कमिटीको बैठक अगाडि सचिवालयले महत्वपूर्ण निर्णय लिनुपर्ने भए पनि पार्टीभित्र बढ्दो अविश्वासले सचिवालय बैठक सम्भव भएको छैन् । स्थायी कमिटीमा केन्द्रीय कमिटीको बैठकका लागि केन्द्रीय सचिवालयबाट महाधिवेशन आयोजनाको तयारीका लागि दस्तावेज मस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटीलगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिका लगायत समग्र कार्ययोजना प्रस्तुत गर्ने निर्णय थियो ।

    तर, यही एजेन्डामा केन्द्रित भएर स्थायी कमिटी बैठक बस्नै सकेन् । स्थायी कमिटीको बैठक सकिएपछि तीन पटक सचिवालयको बैठक बसेको छ । तर, महाधिवेशनलार्य एजेन्डा बनाएर भने बैठकमा छलफल भएको थिएन ।

    महाधिवेशनको तयारीका लागि दस्तावेज मस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटीलगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिकालगायत कार्ययोजना निर्माणमा ढिलाई हुँदै चैत्रको महाधिवेशन अनिश्चत बन्ने नेताहरुको चिन्ता छ । त्यसमाथि पार्टी एकताको भावना एवम् मर्मअनुरूप सहमतिका साथ महाधिवेशन सम्पन्न गर्ने निर्णयले नेकपा हरेक कुरामा सहमति जुटाउनुपर्ने बाध्यतामा छ ।

    नेकपाले महाधिवेशनसँग सम्बन्धित अन्य प्रक्रिया पार्टी विधानबमोजिम अवलम्बन गर्ने तथा महाधिवेशनबाट पार्टीका विचार, नीति, विधि, पद्धति एवम् नेतृत्व सुनिश्चित गर्ने र पार्टी एकतालाई सुदृढ तुल्याउने निर्णय लिएको छ ।

    विचार, नीति तथा विधिलाई महाधिवेशन तयारीको महत्वपूर्ण विषयका रूपमा ग्रहण गर्ने र तदनुरूप मस्यौदा दस्तावेजहरू तयार गर्ने, मस्यौदा दस्तावेजहरू तयार भएसँगै वैचारिक, नीतिगत तथा विधिगत विषयमा पार्टीव्यापी बहस, छलफल सञ्चालन गर्ने नेकपाको निर्णय छ । केन्द्रीय कमिटी बैठक बस्न ढिलाई हुँदा यी काम पनि प्रभावित हुने नेताहरु बताउँछन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ