• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    विश्वभर एकैदिन ५ लाखभन्दा बढीमा संक्रमण, ७ हजार बढीको मृत्यु

    350
    SHARES

    काठमाडौँ । कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ४७ लाखभन्दा बढीमा संक्रमण भएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २ हजारभन्दा बढीमा संक्रमण भएको छ ।

    योसँगै संक्रमितको संख्या ४ करोड ४७ लाख ३९ हजार ९१७ पुगेको छ । संक्रमितमध्ये ८१ हजार १६६ जनाको अवस्था गम्भीर छ । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १०४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख ७८ हजार ५२७ पुगेको छ ।

    यस्तै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ८५ लाख ३ नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६५ हजारभन्दा धेरै निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड २७ लाख नाघेको छ ।

    सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ९१ लाख १८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ८० लाख नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५४ लाख ६९ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

    कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५७ हजार ४५४ जनाको मृत्यु भएको छ । ९१ लाख ५ हजार २३७ जना संक्रमित भएकोमा ३६ लाख ४ हजार ८३३ जना संक्रमणमुक्त भएका छन् ।

    उता अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन १११ दिनपछि अन्त्य गरिएको छ । लकडाउन खुल्ला गरेपछि स्थानीय बासिन्दालाई सहज भएको छ । भिक्टोरिया राज्य सरकारले लकडाउन अन्त्य गर्ने घोषणा गरेसँगै व्यापारिक प्रतिष्ठानहरु खुल्ला भएका छन् ।

    लकडाउन खुल्ला गरिए पनि सडकमा भिडभाड नगर्न, मास्क नलगाइ नहिँड्न भनिएको छ । त्यसैगरी घरदेखि २५ किलोमिटर टाढा हिँड्न पनि नपाइने व्यवस्था गरिएको छ । सरकारी अधिकारीहरुले सकेसम्म घरबाटै काम गर्ने वातावरण बनाउन पनि सबैलाई आह्वान गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया