• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित

    420
    SHARES

    काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। नेकपा पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालल र इश्वरी रिजालले बुधवार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय कमिटी बैठक सरेको जानकारी दिएका हुन् ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २०७७ कात्तिक १५ देखि १७ गतेसम्म आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ । स्थगित बैठक यही २०७७ मंसिर १५ देखि १७ गते आयोजना गरिने छ,’ विज्ञप्तिमा भनिएको छ ।

    गत भदौ महिनामा सम्पन्न स्थायी कमिटी बैठकले पारित गरेका एजेण्डामाथि छलफल तथा चैत्र महिनामा गर्ने भनिएको महाधिवेशनको तयारीका लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको थियो । पार्टीभित्रको विवाद बढ्दै गएको समयमा नेकपाका एकचौथाई केन्द्रीय सदस्यले हस्ताक्षर गरेर केन्द्रीय कमिटी बैठक माग गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ