• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    एकाबिहानै थप ३ कोरोना संक्रमितको मृत्यु

    505
    SHARES

    चितवन । चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका नवलपुरको गैंडाकोट नगरपालिका–२ का ५४ वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

    कात्तिक ३ गते स्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा ४ गते संक्रमण पुष्टि भएको थियो । यस्तै भरतपुर अस्पतालमा उपचाररत गोरखाकी १९ वर्षीया युवतीको पनि कोरोनाले मंगलबार साँझ नै मृत्यु भएको छ ।

    बारपाक सुलिकोट गाउँपालिका– १ की युवतीको कार्तिक ५ गते कोभिड– १९ संक्रमण पुष्टी भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई कार्तिक ६ गते आइसीयुमा राखेर उपचार भइरहेको थियो ।

    यसैबीच गैंडाकोटका एक कोरोना संक्रमित पुरुषको भरतपुरमा मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत गैंडाकोट नगरपालिका–२ का ५४ वर्षीय एक पुरुषको मृत्यु भएको हो । गैंडाकोट नगरपालिकाका मेयर छत्र पौडेलका अनुसार श्वासप्रश्वासको समस्या भएका ती पुरुषलाई कात्तिक ३ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

    अस्पतालमा गरिएको परीक्षणमा उनलाई कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको हो । उनको मंगलबार साँझ मृत्यु भएको छ । यी समेत पूर्वी नवलपरासीमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । जिल्लामा बुधबारसम्म १६ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

    यसअघि बुधबार नेपालमा थप १४ जनाकोे कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । थप १४ जनाकाे मृत्युसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ६९४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा २ हजार ७२५ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ९ सय ३२ जना रहेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया