• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपालीहरुका लागि आयो अहिलेसम्मकै दुखद खबर, अब के गर्ला ओली सरकार ?

    1.7K
    SHARES

    काठमाडौँ । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । अहिलेसम्म ११ लाख ५९ हजार १८६ जनाको मृत्यु भएको छ भने ४ करोड ३३ लाख ५३ हजार २८७ जनालाई संक्रमण भएको छ ।

    त्यस्तै ३ करोड १९ लाख ७ हजार २५८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ७७ हजार ७९२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै बेला नेपालीहरूका लागि पनि दुखद खबर प्राप्त भएको छ । कोरोना संक्रमितको हिसावले नेपाल विश्वको ३४ औँ स्थानमा रहेको छ ।

    नेपालमा हालसम्म ८४७ जनाको मृत्यु भएको छ भने १ लाख ५८ हजार ८९ जनालाई संक्रमण भएको छ । त्यस्तै १ लाख ११ हजार ६७० जना संक्रमण मुक्त भएका छन् भने ४५ हजार ५७२ जना उपचाररत छन् । देशमा कोरोना कहर ब्यापक बन्दै गए पनि ओली सरकारको तयारी भने खासै केहि देखिदैन ।

    यस्तै कोरोना भाइरस संक्रमणका कारण धरानमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार इटहरी उपमहानगरपालिका सुनसरीका ७९ वर्षका पुरुष, मोरङको पथरी शनिश्चरेका ६३ वर्षका पुरुष र धरान उपमहानरगपालिकाकी ८३ वर्षकी महिलाको मृत्यु भएको हो ।

    इटहरीका ७९ वर्षका पुरुषको आइतार दिउँसो ४ बजेर ५ मिनेटमा मृत्यु भएको हो । कात्तिक ६ गते कोरोना भाइरस संक्रमण भएका उनी कात्तिक ९ गते भर्ना भएका थिए । उनमा मिर्गौला र हाइपरटेन्सनको समस्या रहेको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

    त्यस्तै मोरङको पथरी शनिश्चरेका पुरुषमा कात्तिक १ गते कोरोना भाइरस संक्रमण भएको थियो । कात्तिक ४ गते अस्पताल भर्ना भएका उनको कात्तिक ९ गते राति १० बजे मृत्यु भएको हो ।

    धरान उपमहानगरपालिकाकी ८३ वर्षकी महिलालाई कात्तिक ९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । कात्तिक १० गते अस्पताल भर्ना भएकी उनको त्यसै दिन मृत्यु भएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । उनमा हाइपरटेन्सनको समस्या थियो । यता गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यो प्रदेशमा कोरोना संक्रमणबाट साेमबार थप चार जनाको मृत्यु भएको छ ।

    निर्देशनालयका अनुसार कोरोना संक्रमणबाट नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) कावासोतीका ७७ वर्षीय पुरुषको साेमबार बिहान साढे २ बजे मध्यबिन्दु अस्पताल नवलपरासीमा र सोही जिल्लाको गैंडाकोटका ७३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतबार मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

    त्यस्तै कोरोना संक्रमणबाट पोखरा महानगरपालिका–१५ का ७८ वर्षीय महिलाको आइतबार राति ११ बजे चरक मेमोरियल अस्पताल पोखरामा र पोखरा–५ का ५५ वर्षीय पुरुषको आइतबार राति ९ बजेर १० मिनेटमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको भएको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

    गण्डकी प्रदेशमा साेमबार थप २ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ११ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले बताइन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ