• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    विश्वभर ४ लाखभन्दा बढीमा कोरोना संक्रमण

    423
    SHARES

    काठमाडौं । विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ४ हजार ७३९ जनामा संक्रमण भएको छ । योसँगै संक्रमित संख्या ४ करोड ३३ लाख २३ हजार ४५३ पुगेको छ । त्यसमध्ये ७७ हजार ७४८ जनाको अवस्था गम्भीर छ ।

    यस्तै पछिल्लो २४ घण्टामा २ लाख ३५ हजार ७९७ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड १९ लाख नाघेको छ । यस्तै एकै दिन थप ४ हजार ४९८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ५९ हजार ९ पुगेको छ ।

    सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८८ लाख ८९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७९ लाख ९ हजार नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख ९४ हजार पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

    कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५० हजार ४३३ जनाको मृत्यु भएको छ । ८३ लाख ९५ हजार ५३६ जना संक्रमित भएकोमा ३४ लाख ५६ हजार १२८ जना संक्रमणमुक्त भएका छन् ।

    अमेरिकामा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ । सोमबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६० हजार ८८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८८ लाख ८९ हजार १७९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५७ लाख ७२ हजार ४९८ जना संक्रमणमुक्त भएका छन् ।

    उपचार गराइरहेका २८ लाख ८६ हजार १७१ जनामध्ये १६ हजार ३७७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३० हजार नाघेको छ ।

    तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार सोमबार थप ४४२ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ३० हजार ५१० पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ