• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update Highlights

    काठमाडौं उपत्यकामा थपिए १,५३५ जना नयाँ कोरोना संक्रमित

    896
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३५ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २२५, ललितपुरमा १४७ र भक्तपुरमा १६३ जनालाई कोरोना संक्रमण देखिएको छ।

    योसँगै हालसम्म काठमाडौंमा ५६ हजार ३०२, ललितपुरमा ७ हजार ८८३ र भक्तपुरमा ५ हजार ३१३ जनालाई संक्रमण भएको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३३६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ११ हजार ६७० पुगेको छ। आज देशभर ४५ हजार ५७२ जना सक्रिय संक्रमित छन्। आज देशभर ५ जना संक्रमितको मृत्यु भएको छ।

    कोरोना भाइरस खोप: बढी उमेरका मानिसलाई खोप दिने काम किन कठिन

    खोप बनेको अवस्थामा विश्वनेताहरूसँग त्यो कसरी मानिसहरूसम्म पुर्‍याउने भन्नेबारे विकल्पहरू हुनेछन्। जस्तै बिरामीको समीपमा हुने नर्स, डाक्टर र स्याहारमा खटिने कर्मचारीसहित सबैभन्दा जोखिमयुक्त वर्गमा पर्ने मानिसहरूलाई सबैभन्दा पहिले सुरक्षा दिनुपर्ने हुन्छ।

    तर त्यसो गर्न सजिलो छैन। ज्येष्ठ उमेर समूहका मानिसलाई खोप दिनु सहज कुरा हैन। क्यानडाको यूनिभर्सिटी अफ ग्वेल्फमा खोपविज्ञानका प्राध्यापक सायन सरिफ भन्छन्: “बूढाबूढीका लागि सोचेर बनाइएका खोपहरू हामीसँग निकै कम छन्।”

    “गत शताब्दीमा धेरैजसो खोप बाल्यकालमा लाग्ने रोगलाई लक्षित गरेर तयार पारिएका छन्।” सत्तरी वर्ष लागेपछिका मानिसलाई दिइने दाद भने एउटा अपवाद हो। वयस्क अवस्थामा देखिने मेनिन्जाइटिस वा ह्यूमन प्यापिलोमा भाइरसजस्ता केही रोगका लागि एक-दुईवटा खोपहरू छन्।

    अन्यथा रोगप्रतिरक्षासम्बन्धी विज्ञान बालबालिकाको पक्षमा बढी ढल्किएको छ। “बाल्यकालमा लाग्ने रोगबारे हामीसँग प्रशस्त ज्ञान छ,” सरिफले भने। “तर युवा, अधबैँसे र बूढाबूढीमा लाग्ने रोगबारे हामीसँग धेरै अनुभव छैन।”

    ज्येष्ठ नागरिकमा खोप दिने कामको जटिलता बुझ्न हामीले उनीहरूको प्रतिरक्षा प्रणालीको फरकपन बुझ्नुपर्छ। धेरैजसो सरुवा रोगको असर उमेर ढल्किँदै गरेका मानिसमा तन्नेरीमा भन्दा बढ्ता देखिन्छ। बुढ्यौलीमा जोखिम निम्त्याउने पक्ष धेरै हुन्छन्।

    जस्तै – जीवनभरि विभिन्न सङ्क्रामक रोग झेलेको वा क्यान्सर गराउन सक्ने तत्त्वको बढ्दो मात्राले भविष्यमा नयाँ सङ्क्रमणबाट हुने रोगको जोखिम थप्छ। त्यसैबेला उनीहरूको प्रतिरक्षा प्रणालीमा समेत ह्रास आइरहेको हुन्छ।

    प्रतिरक्षा प्रणाली एकअर्कासँग अन्तरसम्बन्धित कोशिकाहरूको एउटा निकै जटिल सञ्जाल हो। यदि त्यसले कहीँकतै काम गरेको छैन भने त्यसले गम्भीर अवस्थामा स्थिर रहने प्रतिरक्षा प्रणालीलाई असर पुर्‍याउँछ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया