• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    कर्णाली विवादको असर केन्द्रमा, ओली-प्रचण्डले दिए यस्तो छुट्टाछुट्टै निर्देशन

    830
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटीको विवादको असर केन्द्रमा समेत परेको छ। कर्णाली प्रदेश कमिटीको विवादलाई लिएर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ‌ओलीले निर्देशन दिएको दुई दिनपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पनि अर्को निर्देशन दिएका छन् ।

    अधक्षद्वयले एक-आपसमा बाझिने गरी फरक-फरक निर्देशन जारी गरेपछि नेकपाभित्रको विवाद थप बल्झिने संकेत देखिएको छ। अध्यक्ष ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई निर्देशन दिएलगत्तै अर्का अध्यक्ष दाहालले ओलीले जारी गरेभन्दा फरक आशयको निर्देशन दिएका छन्।

    ओलीले जारी गरेको निर्देशनमा प्रमुख सचेतक गुलाफजंग शाहमाथि गरिएको कारबाही फिर्ता लिन र पूर्ववत् अवस्थामा प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न भनिएको छ।

    दाहालले कर्णाली प्रदेशका इन्चार्जका नाममा जारी गरिएको निर्देशनमा भने ४ कात्तिकमा बालुवाटारमा दुई अध्यक्षसहितको छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रमुख सचेतक सम्बन्धी विषय पनि प्रदेश कमिटी र प्रदेश सरकारले समाधान गर्न सुझाव दिने समझदारी भएको उल्लेख गरिएको छ। त्यही समझदारी अनुसार कार्यान्वयन गर्न दाहालले निर्देशन दिएका छन्।

    कर्णाली प्रदेशका मुख्यमन्त्री शाही विरुद्ध १९ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गरे पनि अन्त्यमा पाँच सांसदले मुख्यमन्त्री शाहीलाई साथ दिएपछि मुख्यमन्त्रीको पद जोगिएको छ। कर्णाली प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री शाही विरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया