• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    जीवनशैली स्वास्थ्य

    नङ्गमा यस्ता परिवर्तन देखिए बेवास्ता नगर्नुहोस्, हुनसक्छ यति डरलाग्दो रोगको खतरा

    896
    SHARES

    तपाइको आफ्नो स्वास्थ्य अबस्थाको जानकारी लिन नियमित चेकजाच गरिरहनु भएको होला । नियमित गरिने चेकजाँचले शरीरमा कुनै रोग छैन भनेर ढुक्क हुनुभएको पनि हुनसक्छ । तर तपाइको शरीरमा क्यान्सरले घर बनाएको हुन पनि सक्छ ।

    आफ्नो शरीरमा केही फरक, अनौठो तथा वर्णन गर्नै नसकिने लक्ष्ण देख्नुभयो या सुन्नुभयो भने होसियार हुनुपर्छ । हाज हामीले शरीरमा देखा पर्ने त्यस्ता केही लक्ष्णहरुका बारेमा चर्चा गर्दैछौं जुन धेरैजना महिला दिदी बहिनीहरुले बेवास्ता गर्ने गरेका छन् ।

    १. स्तन रातो हुनु, दुख्नु तथा सुनिनु
    यो स्तन क्यान्सरको लक्ष्ण हो । यस्तो समस्या देखा परेमा आफ्नो चिकित्सकलाई भेटिहाल्नुपर्छ ।

    २. स्तनको मुन्टामा परिवर्तन आउनु
    स्तनको मुन्टा फराकिलो, लत्रिनु तथा दायाँ वा बायाँतिर झर्नु भनेको स्तन क्यान्सरको लक्ष्ण हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

    ३. बारम्बार ज्वरो तथा संक्रमण हुनु
    यो रक्त नली तथा बोन म्यारोजन्य क्यान्सरको लक्ष्ण हो । अनि यसका कारण असमान्य सेतो रक्त कोषहरु उत्पादन हुनुका साथै शक्ति क्षृण हुँदै जान्छ र शरीरले शंक्रमणसँग जुध्न सक्तैन ।

    ४. झोल तथा ठोस खानेकुरा निल्न गाह्रो
    निल्न गाह्रो हुने समस्या घाँटीजन्य समस्यासँग संबन्धित हुन्छ । अनि कहिलेकाही यसका कारण फोक्सोको क्यान्सर समेत हुन पुग्छ ।

    ५. कमजोरी तथा थकान
    थकान तथा कमजोरी महसुस गर्नु भनेको क्यान्सरको लक्षण हो । अनि थकान तथा कमजारी निरन्तर महसुस भएको खण्डमा बिवास्ता गर्नुहुँदैन । अझै थकानका कारण रातीगरि निन्द्रा लागेन भने आफ्ना चिकित्सकलाई भेटीहाल्नुहोस् ।

    ६. अनावश्यक रुपमा शरीरको तौल ब्ढ्नु र सुनिनु
    महिलाहरुको शरीर अनावश्यक रुपमा मोटो तथा सुनिएका खण्डमा पाठेघर क्यान्सरको संका हुन सक्छ ।

    ७.भोक नलाग्नु
    पाठेघर क्यान्सरको लक्ष्णका कारण महिलाहरुलाई भोक नलाग्ने हुनसक्छ । अनि यस्तो अवस्थामा महिलाहरुले खाना नखाएपनि भोक लाग्दैन ।

    ८. पेट नियमित रुपमा हलुका सँग दुखिरहनु
    पाठेघरमा समस्या तथा पाठेघरमा क्यान्सर भएको खण्डमा महिलाको पेटमा दर्दहुने गर्छ । फियोमा समस्या भएको खण्डमा पेटदर्द हुन्छ ।

    ९. दिशामा रगत आउनु
    कोलेरेक्टर क्यान्सरको लक्ष्णमा महिलाहरुमा दिशा बस्दा रगत आउने गर्छ ।

    १०.अनावश्यक रुपमा शरीरको तौल घटेमा
    शरीरको तौल अनावश्यक रुपमा घटेमा कोलन क्यान्सरको लक्षण मान्नुपर्छ । अनि यो बिस्तारै कलेजोतिर सर्दै जान्छ जसका कारण भोक लाग्दैन ।

    ११. सास फेर्दा हल्का गार्हो महसुस
    फोक्सोको क्यान्सरहरु मध्ये धेरैले सुरुमा सास फेर्दा नजानिदो तरिकाले अपठ्यारो भएको महसुस गरेका हुन्छन् । तर सुरुमा बेवास्ता गर्नाले पछि रोगले च्याप्ने गरेको अध्ययनले देखाएको छ ।

    १२. नियमित खोकी तथा छातीमा दर्द
    ल्युकेमिया तथा लंग ट्यूमरका कारण लहरे खोकी तथा ब्रोङकाइटिस भएको हुनसक्छ । कतिपय फोक्सो क्यान्सरका रोगीहरु छाती दुखेको अनुभव गर्छन् जुन कांध तथा पाखुराको तल सम्म लम्बिएको हुन्छ ।

    १३. महिनाबारी अवधिमा अत्यधिक रगत बग्नु तथा दर्दहुनु
    यो अवस्था पिसावथैलीमा क्यान्सरको लक्षण हो । यस्तो अवस्था नियमित रुपमा दोहोरिरहेको खण्डमा चिकित्सकलाई भेटी हाल्नुपर्छ ।

    १४. अनुहार सुनिएको
    कतिपय बिरामीहरुमा फोक्सोको क्यान्सर लागेको बखत उसको अनुहार सुनिएको तथा रातो हुने गर्छ ।

    १५. शरीरको कुनै घाउ निको नहुनु तथा सजिलै रगत बग्नु, छालाजन्य क्यान्सरमा यस्तो समस्या देखिने गर्छ ।

    १६. नङ्को रङमा परिवर्तन आउनु
    हाथगोडाको नङमा अकस्मात तरिकाले परिवर्तन देखिन थाले पछि सचेतना अपनाउनु पर्छ । यो बिभिन्न प्रकारको क्यान्सरको लक्षण हुनसक्छ । यस्तो अवस्था छाला क्यान्सर, फोक्सो क्यान्सर तथा कलेजो क्यान्ससमा देखिन्छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया