• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    प्रभाकरले पूरा गरे वचन, आफुले पाएकाे दशै भत्ता पूर्वजनसेना बोहोराको उपचारका लागि हस्तान्तरण

    2K
    SHARES

    काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले आफुले पाएको दसैँ भत्ता दुवै मृर्गौला फेल भएर भेन्टिलेटरमा उपचाररत नरेन्द्र बोहरा ‘अभियान’ लाई हस्तान्तरण गरेका छन् ।

    सोमबार प्रभाकरका स्वकीय सचीव श्री कठायतले ‘अभियान बचाउ’ अभियानका सदस्य टेक बहादुर बोगटीलाई उक्त रकम हस्तान्तरण गरेका छन । उनले अभियानको उपचारका लागि चौसट्ठी हजार ७० रुपैया कठायतमार्फत बोगटीलाई हस्तान्तरण गरेका हुन् । यसअघि नेता शर्माले आइतबार आफूले पाएको दसैं भत्तावापतको रकम बिरामीको उपचारमा खर्च गर्ने घोषणा गरेका थिए ।

    ‘दसैं भत्तास्वरुप आएको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।’ नेता शर्माले भनेका थिए ।

    कालिकोट नरहरीनाथ गाउँपालिकाका पूर्व जनमुक्ति सेनाका बटालियन सहायक कमाण्डर अभियान दुबै मृगाैला फेल भएर हाल काठमाडौँमा उपचार गरिरहेका छन् । उनका श्रीमती एक छोरा र एक छोरी छन् । दुवै मृगौला फेल भएपछि उपचारका निम्ति बोहोराले आफुसंग रहेको जग्गा घर सबै बेचबिखन गरेका छन् । आफन्त घर परिवार सबैसंग भएको रकम सकिएपछि आर्थिक अभाबका कारण उनले मृगौला प्रत्यारोपण गर्न सकेका छैनन्।

    आर्थिक अभावकै कारण पुर्व जनमुक्ति सेनाका योद्धाले उपचार नपाएको समाचार यसअघि इने सञ्चारकेन्द्रले लेखेपछि सांसद शर्मालगायतकाको ध्यानाकर्षण भएको थियो भने अन्य केही पूर्वसहकर्मी र साथीहरुले समेत उनलाई देश-बिदेशबाट सहयोग गरेका थिए ।

    यस्तै उनका केही सहयोगीहरुले नरेन्द्र बोहोरा बचाउ अभियान नै सुरु गरेर रकम जुटाउन सहयोग गरिरहेका छन् । उक्त अभियानका कारण आफुलाई उपचार पाउने आशा पलाएको नरेन्द्रले सञ्चारकेन्द्रलाई बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया