• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख नाघ्यो

    208
    SHARES

    काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख नाघेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५५ हजार ३५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७५ लाख ४७ हजार ७६२ पुगेको छ ।

    संक्रमितमध्ये अहिलेसम्म ६६ लाख ५८ हजार ९३७ जना संक्रमणमुक्त भएका छन् । ७ लाख ७४ हजार १९६ जनाको उपचार भइरहेको छ । कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ५६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १४ हजार ६२९ पुगेको छ ।

    त्यस्तै विश्वभर ४ करोडभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहानसम्म ४ करोड २ लाख ६३ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ लाख २४ हजारभन्दा बढी पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

    संक्रमितमध्ये अहिलेसम्म ३ करोड १ लाख ७ हजार ५८ जना निको भएका छन् । यस्तै एकै दिन थप ३ हजार ९७१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख १८ हजार १६७ पुगेको छ ।

    सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८३ लाख ८७ हजार पुगेको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७५ लाख ८८ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५२ लाख ३५ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

    कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३९ हजार ४७ जनाको मृत्यु भएको छ । ७० लाख ३ हजार १८ जना संक्रमित भएकोमा ३२ लाख ४ हजार ९८ जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ