• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    जनार्दन शर्माले गरे दसैँ भत्ता पूर्वजनमुक्ति सेनाको उपचारमा खर्च गर्ने घोषणा

    235
    SHARES

    काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले कोरोना भाइरस (कोभिड- १९)को महामारी चलिरहेको बेला सांसदहरूलाई भत्ता दिने रकम भेन्टिलेटर किन्न लागि खर्च गर्नुपर्ने बताएका छन् ।

    उनले आफूले पाएको दसैं भत्तावापतको रकम एक बिरामीको उपचारमा खर्च गर्ने घोषणा गरेका छन् । प्रतिनिधिसभा सदस्य शर्माले फेसबुकमा लेखेका छन्, ‘कोरोनाको महामारी हाम्रो मुख्य समस्या हो । यस्तो बेला दसैं भत्ता सांसदलाई दिनुभन्दा भेन्टिलेटर किनौं ।’

    सांसद शर्माले आफूले पाएको दसैं भत्तावापतको रकम भेन्टिलेटरमा राखेर उपचार गर्नु परेका बिरामीलाई दिने जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘दसैं भत्तास्वरुप आएको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्दछु ।’

    पुर्व जनमुक्ति सेनाका बटालियन सहायक कमाण्डर नरेन्द्र बोहोराका दुवै मृगौला फेल भएर हाल काठमाडौँमा उपचार गरिरहेका छन् । उनका श्रीमती एक छोरा र एक छोरी छन् । दुवै मृगौला फेल भएपछि उपचारका निम्ति बोहोराले आफुसंग रहेको जग्गा घर सबै बेचबिखन गरेका छन् । आफन्त घर परिवार सबैसंग भएको रकम सकिएपछि आर्थिक अभाबका कारण उनले मृगौला प्रत्यारोपण गर्न सकेका छैनन्।

    आर्थिक अभावकै कारण पूर्वजनमुक्ति सेनाका योद्धाले उपचार नपाएको समाचार यसअघि नै सञ्चारकेन्द्रले लेखेपछि सांसद शर्मालगायतकाको ध्यानाकर्षण भएको थियो भने उनका केहि पुर्व सहकर्मी र साथीहरुले समेत देशबिदेशबाट सहयोग गरेका थिए ।

    यस्तै उनका केही सहयोगीहरुले नरेन्द्र बोहोरा बचाउ अभियान नै सुरु गरेर रकम जुटाउन सहयोग गरिरहेका छन् । उक्त अभियानमा टेक बहादुर बोगटी ‘प्रबिण’लगायत दर्जन भन्दा बढी सहयोद्धा जोडिएका छन् । उक्त अभियानका कारण आफुलाई  उपचार पाउने आशा पलाएको नरेन्द्रले सञ्चारकेन्द्रलाई बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ