• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय प्रवास

    कोरोनाबाट विदेशमा २ सय ८३ नेपालीको मृत्यु, नेपाल सरकारसँग विवरण छैन

    790
    SHARES

    काठमाडौं । नेपालमा कोरोना संक्रमणका बिरामी बढिरहेका बेला विदेशमा रहेका नेपालीहरुमा पनि उतिकै मात्रामा कोरोना संक्रमण बढ्ने र मृत्यु हुने क्रम बढेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता पनि विदेशमा थप एक जना नेपालीको ज्यान गएको छ।

    गैरआवासीय नेपाली संघले दिएको जानकारी अनुसार इजरायलमा थप १ जना नेपालीको कोरोनाबाट निधन भएको हो। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार विदेशमा विगत ९ महिनामा नेपालबाहेक १९ देशका २ सय ८३ जना नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको छ ।

    यो साता भारत, कतार, जापान, दक्षिण कोरिया, साइप्रसमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म ४२ देशका ४२ हजार १ सय जना नेपाली कोरोना संक्रमित भएका थिए। तीमध्ये ३८ हजार ६ सय ४६ जना नेपालीहरु संक्रमणमुक्त भएका छन् । संक्रमित नेपालीमध्ये ९१ प्रतिशत निको भएको संघले जनाएको छ ।

    यता नेपाल सरकारले भने बिदेशमा कोरोना संक्रमण र मृत्यु हुने नेपालीहरुको बारेमा जानकारी दिने गरेको छैन । नियमित लाइभ अपडेट मात्र जानकारी दिदै आइरहेको स्वास्थ्य मन्त्रालयले बिदेशमा रहेका नेपालीहरुको अबस्थाबारे खासै जानकारी दिने गरेको छैन ।

    रोजगारीको शिलशिलामा विश्वका सबै मुलुकहरुमा छरिएर रहेका नेपालीहरुमा कोरोना संक्रमण हुने र ति मध्ये केहीको मृत्यु हुने गरेको छ ।विश्वभर कोरना संक्रमणको अबस्थाबारे समेत जानकारी दिने गरेको स्वास्थ्य मन्त्रालयले बिदेशमा रहेका आफ्ना नागरिकको अबस्थाबारे कुनै जानकारी नगराउनुले बिदेशमा कोरोनाका कारण मृत्यु हुनेहरुका अफ़न्तहरु असन्तुष्ट हुने गरेका छन् ।

    अहिलेको यस्तो बिज्ञान प्रविधिको बिकास भएकोप अबस्थमा समेत नेपाल सरकारले के कति कारणले बिदेशमा रहेका नेपालीहरुको अबस्थाबारे जानकारी लिन नसकेको होला भन्ने जिज्ञासा आम नागरिकमा छ ।

    सामाजिक संजालमा समेत नेपालीहरुले यसबारे गुनासो पोख्ने गरेका छन् । कतिपयले सरकारका बिरुद्ध आक्रोश नै व्यक्त गर्ने समेत गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया