• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बैक-विमा समाचार

    बैंकर’ अनिल शाहलाई कोरोना पोजेटिभ, स्वास्थ्य अवस्था सामान्य

    2.7K
    SHARES


    काठमाडौं। सेलिब्रिटी बैंकरको रुपमा स्थापित नबिल बैंकका कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहलाई कोभिड-१९ पोजेटिभ पुष्टि भएको छ। शाह आफैले आफुलाई कोरोना पोजेटिभ भएको खबर सामाजिक सञ्जाल मार्फत सार्बजनिक गरेका छन् ।

    सीइओ शाहले फेसबुक पोस्टमार्फत् आफूलाई कोभिड-१९ भएको जानकारी दिएका छन्। पहिलोपटक गत बुधबार गन्ध थाहा नपाएपछि कोरोना आफूलाई संक्रमण शंका गरेका उनी आइसोलेसनमा थिए। परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो।

    फेरि चिकित्सकको सल्लाह अनुसार शनिबार परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो। उनले गत बुधबारबाट नै आफू होम आइसोलेसनमा बसेको जानकारी दिएका छन्।

    रिपोर्टमा पोजेटिभ आए पनि उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य भएको पनि बताएका छन् । होम आइसोलेसनबाटै बैंकका आवस्यक काम कारवाही गर्न सकिने भन्दै शाहले कोरोनालाई जितेर आफु केही समयमै नियमित काममा फर्किने आशा गरेका छन् ।

    यस्तै उक्त बैंकका पूर्व अध्यक्षसहित अन्य केही कर्मचारीहरुलाई समेत कोरोना पोजेटिभ देखिएको स्रोतले सञ्चारकेन्द्रलाई जानकारी दिएको छ। महामारीकाबीच पनि ग्राहकलाई सेवा उपलब्ध गराईरहेको नबिल बैंकले नियमित काममा रहेका बेला आफ्ना कर्मचारीहरुमा कोरोना देखिएपछि होम आइसोलेसनमा रहन निर्देशन समेत दिएको छ ।

    यस्तै नेपालमा कोरोना संक्रमण बढ्दो क्रममा छ । शनिबार नेपालमा थप ३१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ । यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ थियो । पछिल्लो २४ घण्टामा थप १८०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८९ हजार ८४० पुगेको छ ।

    उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८८ हजार ४० रहेको थियो ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ