• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    फिलिपिन्समा ५.४ म्याग्नच्युडको भूकम्प, मानिसहरु त्रा’सित भएर घर बाहिर निस्कीए

    788
    SHARES

    फिलिपिन्स । बिहानै ५.४ म्याग्नच्युडको शक्तिसाली भूकम्प गएको छ । फिलिपिन्समा बिहानै भूकम्प गएको हो। देशको अक्सीडेन्टल मिन्डोरो प्रान्तमा ५.४ म्याग्नच्युडको भूकम्प गएको हो। फिलिपिन्सको भूगर्भसम्वन्धी कार्यालयले स्थानीय समयानुसार बिहान ४.५ मा भूकम्प गएको जनाएको छ । लुक टाउनदेखि २१ किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प गएको अधिकारीहरुले जनाएका छन्।

    भूकम्पको धक्का धेरै मानव बस्तीहरुमा महसूस गरिएको स्थानीय वासिन्दाले जानकारी दिएका छन् । भूकम्पपछि त्यस क्षेत्रका वासिन्दा त्रासित भएर घर बाहिर निस्कीएका थिए । भूकम्पपछि कुनै मानवीय तथा भौतिक क्षतिको विवरणहरु भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार धेरै पराकम्पनको संभावना रहेपनि आँधीको चेतावनी भने दिइएको छैन । (एएनआई)

    यसअघि शुक्रबार मात्रै अफगानिस्तानमा ५.२ म्याग्नच्युडको शक्तिशाली भूकम्पको गएको थियो । यस्तै यता २१ दिनसम्म चलेको युद्धपछि अर्मानिया र अजरबैजान एक पटक पुनः विवादित नार्गोनो–काराबाख क्षेत्रमा युद्धविरामका लागि तयार भएका छन् ।

    दुबै देशले यो युद्धविराम स्थानीय समयानुसार मध्य रातदेखि सुरु हुने बताएका छन् । यसअघि अर्मानिया र अजरबैजानले गत हप्ता पनि युद्धविरामको निर्णय गरेका थिए जुन भोलिपल्टै तोडिएको थियो । यद्यपि, युद्धविरामको नयाँ घोषणापश्चात् पनि दुबै देशका सेनाबीच झडप जारी छ । यसअघि शनिबारसम्म दुई देशले एक अर्कामाथि सम्झौताको उल्लंघन र हिंसाको आरोप लगाइरहेका थिए ।

    युद्धविरामको नयाँ सम्झौतामा के छ ?
    अर्मानिया र अजरबैजानले युद्धविरामको पुष्टि गरेका छन् । यद्यपि, यसबारे विस्तृत जानकारी भने दिइएको छैन । अजरबैजानको विदेश मन्त्रालयले नयाँ युद्धविराम अक्टोबरमा दिइएको अमेरिकी, फ्रान्सेली र रुसी राष्ट्रपतिको बयान, पाँच अक्टोबरमा जारी गरिएको मिन्स्क ग्रुपको बयान र १० अक्टोबरमा भएको मस्को सम्झौतामा आधारित छ ।

    अर्मानियाली विदेश मन्त्रालयको प्रवक्ताले पनि आफ्नो ट्वीटमा यही कुरा दोहोराए । उनले अर्मानिया युद्धग्रस्त क्षेत्रमा युद्धविराम र तनाव कम गर्ने दिशामा लिइएको निर्णयको स्वागत गरेको बताएका छन् । रुसी विदेशमन्त्री सर्गेई लावरोवले शनिबार अर्मानिया र अजरबैजानका विदेशमन्त्रीसँग कुरा गर्दै उनीहरुले सम्झौताको कडा पालना गर्नुपर्ने बताएका छन् । लावरोवले नै गत हप्ता युद्धविरामका लागि मध्यस्थता गरेका थिए ।

    स्थिती कस्तो छ ?
    अजरबैजानले शनिबार बिहान अर्मानियामाथि मिसाइल दागेको आरोप लगायो । यो मिसाइल युद्धग्रस्त क्षेत्रभन्दा निकै टाढा रहेको गैंजामा दागिएको थियो । यो मिसाइल हमलामा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते छन् ।

    अजरबैजानको विदेश मन्त्रालयले आफ्नो एक बयानमा अर्मानियामाथि जानीजानी सर्वसाधारणलाई निशाना बनाएको आरोप लगाएको छ । अर्मानियाका अधिकारीले यो हमलाको अस्विकार गर्दै अजरबैजानमाथि नै आवसीय इलाकामा हमला गरेको आरोप लगाएका छन् ।

    अर्मानियाली रक्षा मन्त्रालयकी प्रवक्ता शुशान स्तेपनियानले फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै लेखिन्, ‘यो भिडियोले नार्गोनो–काराबाख इलाकामा विनाश देखाउँछ ।’ उनले अजरबैजानका सैनिकमाथि सर्वसाधारणलाई मिसाइलमार्फत् निशाना बनाएको आरोप लगाइन् । –बीबीसी

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ