• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    डिभिलियर्स चम्किएपछि बैंग्लाेरको रोमाञ्चक जित, राजस्थान ७ विकेटले पराजित

    242
    SHARES

    काठमाडौं । एबि डिभिलियर्स चम्किएपछि जारी इन्डियन प्रिमियर लिग आईपीएलको ३३ औँ म्याचमा रोयल च्यालेन्जर्स बैंग्लाेरले ७ विकेटको जित हात पारेको छ । टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएको थियो ।

    जवाफी ब्याटिङमा उत्रिएको बैंग्लाेरले १९. ४ ओभरमा १७९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । खेलमा एबि डिभिलियर्सले २२ बलमा ५५ रन बनाए । त्यस्तै विराट कोहलीले ४३ रन बनाएका थिए ।

    राजस्थानका लागि कप्तान स्टीभ स्मिथले ५७, रविन उथप्पाले ४१, बेन स्टोक्सले १५, सञ्जु स्यामसनले ९, जोस बटलरले ९, जोफ्रा आर्चरले २ र राहुल तेवेतियाले नटआउट १९ रन बनाए । यस्तै आज अर्को खेलमा महेन्द्र सिंह धोनीको चेन्नई सुपर किङ्ग्स र नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सबीच खेल भइरहेको छ ।

    यस्तै मुम्बई इन्डियन्स आइपिएलको शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार राति भएको खेलमा कोलकता नाइटराइडर्समाथि ८ विकेटको जित निकाल्दै मुम्बई शीर्ष स्थानमा पुगेको हो।

    अबुधाबीमा भएको खेलमा कोलकताले दिएको १४९ रनको लक्ष्य मुम्बईले १६.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। मुम्बईको जितमा ओपनिङ ब्याट्सम्यान क्वान्टन डी ककले नटआउट ७८ रन जोडे। उनले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। ओपनर तथा कप्तान रोहित शर्माले ३५ रन जोडे भने सूर्यकुमार यादव १० रनमा आउट भए।

    हार्दिक पाण्ड्या २१ रनमा नटआउट रहे। पाण्ड्याले ११ बलमा ३ चौका र १ छक्का हिर्काए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकताले ५ विकेटको क्षतिमा १४८ रन जोड्यो। कोलकताका लागि पाट कमिङ्ग्सले नटआउट ५३ रन जोडे। उनले ३६ बलमा ५ चौका र २ छक्का हिर्काए।

    ओपनर राहुल त्रिपाठी ७ रनमा आउट हुँदा शुममान गिलले २१ रन जोडे। नितिन राना ५ रन, दिनेश कार्तिक ४ रन र आन्दे रसेल १२ रनमा आउट भए। कप्तान इयान मोर्गानले नटआउट ३९ रन जोडे। उनले २९ बलमा समान २ चौका र २ छक्का हिर्काए। बलिङमा मुम्बईका राहुल चाहरले २ विकेट लिए।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ