• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    गणेश अपार्टमेन्टमा प्रहरी छापा, २३ किलो बढी सुन बरामद

    421
    SHARES

    वीरगञ्ज । प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन बरामद गरेको छ । केही दिनदेखि निगरानी गरिरहेको प्रहरीले वीरगञ्ज महानगरपालिका-५,रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेको थियो ।

    त्यसक्रममा प्रहरीले १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद भएको छ । सुनका गरगहना पनि बरामद भएको छ, जसको तौल ६८१ ग्राम छ ।

    सबै गरेर २३ किलोभन्दा बढी सुन बरामद भएको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन् । यस्तै २ केजी २६२ ग्राम बराबरका चाँदीका गरगहना तथा भाडाकुँडा समेत बरामद भएको छ ।

    पन्तका अनुसार यो सुनका मालिक आउने सूचनाका आधारमा प्रहरी राति समेत त्यहाँ बसेको थियो । तर नआएपछि स्थानीय भद्रभलाद्मीको रोहबरमा अपार्टमेन्टको फ्लाट नम्बर ३०३ खेलेर खानतलासी गर्दा सुन र चाँदी बरामद भएको हो । यो फ्लाट अशोक सिन्हाको भनिएको छ र यसबारे अनुसन्धान भइरहेको पन्तले जानकारी दिइन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ