• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेस

    राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय माध्यमवाट भुक्तानी सेवा शुरु

    624
    SHARES
    Print

    काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले आउदो दशैं एवं तिहार लगायतको पर्वलाई मध्यनजर गर्दै कार्तिक १ गतेबाट आफ्ना सम्पूर्ण शाखाहरु मार्फत पोइन्ट अफ सेल (Point of Sale (POS) को माध्यमवाट भुक्तानी सेवा शुरु गरेको छ । बैंकले विद्युतीय माध्यमवाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनले सेवा शुरु गरेको हो ।

    अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै POS को माध्यमबाट रकम भुक्तानि गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैंया जुन कम हुन्छ सो रकम क्यासब्याक हुने भएकाेछ ।

    विश्वव्यापीरुपमा फैलिएको माहामारीवाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाईदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ