• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेस

    कोरोना प्रकोपबारे नबिल बैंकले बनाएको सन्देशमुलक भिडियो भाइरल, हेर्नुहोस भिडियोसहित

    3.6K
    SHARES

    काठमाडाैं । नेपालीहरुको महान चाड बडादशैं शुरु भएको छ । तर धेरै नेपालीको घरमा यसपटक दशैँको रौनकै छाएको छैन।  देशमा दिनदिनै कोरोना संक्रमितको संख्या बढिरहेको छ । यहि कोरोना संक्रमण र दशैँको सन्दर्भलाई लिएर नबिल बैंकले बनाएकाे एउटा सन्देशमुलक भिडियो भाइरल भएकाे छ । नबिल बैंकले बनाएको ३ मिनेट २६ सेकेन्डको उक्त भिडियोले कोरोना संक्रमण भए पनि यसलाई सजिलै जितिन्छ भन्ने सन्देश दिन खोजेको छ ।

    भिडियोमा एउटा परिवारमा कोरोना संक्रमित व्यक्तिलाई होम आइशाेलेसनमा रहेका बेला हौसला मायाको कमी हुन नदिइ उसको रेखदेख गर्न सकिए चाँडै बिरामी ठिक हुन्छ भन्ने सन्देश पनि दिन खोजिएको छ । पारिवारिक माया, स्नेह र अपनत्वको भाव भिडियोमा प्रष्ट देखिन्छ । नबिल बैंकले शनिबार घटस्थापनाका दिन उक्त भिडियो आफ्नो आधिकारिक फेसबुक पेज र युट्युबमार्फत सार्वजनिक गरेको छ ।

    भिडियाेमा केछ ?

    घरमा श्रीमान आइसोलेसनमा छन् । कोरोना परीक्षण गरेपछि रिपोर्ट पोजेटिभ आउँछ । उनले यो कुरा आफ्नो श्रीमतीलाई सुनाउँछन् । श्रीमानको कुरा सुनेपछि श्रीमती आत्तिन्छिन् र पनि सम्हालिन्छिन् । केही हुँदैन भनेर श्रीमानको मन बलियो बनाउँछिन् ।

    छोरीलाई साथीको फोन आउँछ । साथीले नयाँ कपडाको कुरा गरेपछि उनको आँखामा आउने आसुले जोसुकैलाई पनि भावुक बनाउँछ । बुबाको कोभिड रिपोर्ट पोजेटिभ आएको कुरा उनले साथीलाई सुनाउँछिन् । साथीले पनि उनलाई सम्झाउँछिन् । रोइरहेकी छोरीले आमाको अगाडि आसु लुकाउन प्रयास गर्छिन्, तर सक्दिनन ।

    श्रीमानले डेभिट कार्ड मागेर सामान अर्डर गर्छन् र सामान घरमा आउँछ । झोलामा नयाँँ कपडा देखेपछि छोरी निकै खुसी हुन्छिन् । यसमा देन्खिन्छ उनको बालमनोविज्ञान । खुसीमा रमाउँदै जब छोरी बाबुको अंगालेमा जान खोज्छिन् र बाबुले नआउन इसारा गर्छन् यो दृष्यले सबैको मन छुन्छ ।

    दशैंको टीकाको दिन छोरीले बुवाको रिर्पोट नेगेटिभ आएको हो नि भनेर सोध्दा आमाले २ पटक नेगेटिभ आउनुपर्ने बताउँछिन् । जब रिर्पोट नेगेटिभ आयो भन्दै आमाछोरीको बिचमा श्रीमान/बुवा आउँछन् अनि देखिन्छ त्यो परिवारको खुसी । बुवाले छोरीलाई अंगालोमा बाध्छन र त्यसपछि दशैंकाे टीका लगाइदिन्छन ।

    कोरोना महामारी बढिरहेका बेला सबै सचेत र सजग हुनु आवश्यक छ भन्ने सन्देशसहितको भिडियोमार्फत नबिल बैंकले प्रविधिमैत्री बैंकिङ प्रणालीलाई पनि प्रवद्र्धन गर्न खोजेको छ । नबिल बैंकले चाडपर्व र कोरोना महामारीमा आधारित भएर ल्याएको भिडियोलाई यतिबेला धेरैले सामाजिक सञ्जालमा सेयर गरेका छन् । हेर्नुहोस भिडियो

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ