• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update Highlights

    कोरोना संक्रमणबाट जनप्रतिनिधिसहित २ जनाको मृत्यु

    173
    SHARES

    भरतपुर । कोरोना संक्रमणबाट चितवन जिल्लामा जनप्रतिनिधिसहित २ जनाको मृत्यु जनाको मृत्यु भएको छ ।  कोरोना भाइरसका कारण जिल्लाको खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको मृत्यु भएको हो । उनी क्यान्सर रोगबाटसमेत पीडित थिए ।

    भरतपुर अस्पतालमा उपचारका क्रममा वडासदस्य पाण्डेको शुक्रबार राति मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार पाण्डेलाई असोज २८ गते सङ्क्रमण पुष्टि भएको थियो ।

    होम आईसोलेसनमा रहेका उनलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो । खोकी र श्वासप्रश्वासमा समस्या रहेका उनको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो ।

    उनी नेपाली काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी भएका थिए । यस अघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का निर्वाचित वडा अध्यक्षको पनि कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । यस्तै, कोरोना संक्रमणबाट खैरहनी नगरपालिका–६ का ६८ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

    ज्वरो, खोकी र निमोनियाको लक्षण देखिए पछि असोज २४ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएकी उनको उपचारकै क्रममा शनिबार बिहान २:०८ बजे मृत्यु भएको हो । अस्पताल भर्ना भएपछि स्वाब संकलन गरी परीक्षण गर्दा असोज २७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    यस्तै प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् । असोज मसान्तसम्म कूल सङ्क्रमण पुष्टि भएका १४ हजार ६२० मध्ये सङ्क्रमण मुक्त हुने १२ हजार २७२ पुगेको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको हो ।

    प्रदेशका आठ वटै जिल्लामा गरी असोज मसान्तसम्म १४ हजार ६२० मा सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये १२ हजार २७२ निको भएर नियमित काममा फर्केका निर्देशनालयका निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए ।

    यो प्रदेशमा कोभिड–१९ महामारीले १५९ जनाको ज्यान गएको छ । सङ्क्रमण पुष्टि भएर अहिले आइसोलेसनमा रहेका एकहजार ६८९ मध्ये धेरैजसोको स्वास्थ्य सुधारोन्मुख रहेको निर्देशनालयले जनाएको छ ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ