• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    डडेल्धुरा आलिताल गाउँ पालिकाद्धारा बजार अनुगमन, उपाधक्ष्य भन्छन- अनुगमनलाई अझै तिब्रता दिन्छौ

    444
    SHARES

    डडेल्धुरा, मनोज रावत । डडेल्धुरा आलिताल गाउँ पालिकाद्धारा स्थानीय बजार अनुगमन गरिएको छ। गाउँ पालिका उपाध्यक्ष तथा उपभोक्ता हित संरक्षण समिति का संयोजक जला बिष्ट बोगटीको संयोजकत्वमा खटिएको अनुगमन टोलीले पालिकाका मुख्य बजार छेत्र मानिने मदन नगर र घुम्ति बजारका पसलहरुमा शुक्रबार अनुगमन गरेएको हो ।

    नेपालीहरुको महान चाड दशैं तिहार नजिकिँदै गर्दा गरिएको बजार अनुगमनले यस छेत्रमा हुने कालोबजारी,कर छलि, अबैध मधिरा बिक्री वितरणमा नियन्त्रण गर्न केहि हदसम्म सहयोग पुगेको उपभोक्ता हित संरक्षण समितिका संयोजक जला बिष्ट बोगटीको दावी छ । उनले अनुगमनका क्रममा प्रायः जसो पसलहरुमा दैनिक उपभोग्य सामग्रीमा केहि महंगो र पसल अनुसार फरक मुल्य निर्धारण गरिएको देखिएकाले यथासिघ्र एउटै मुल्य निर्धारण गरि ब्यबसायिहरुलाई मुल्य सुचि राख्न समेत सुझाव दिइएको बताइन ।

    आउदै गरेको दशैँ तिहारलाई मध्यनजर गर्दै दैनिक उपभोग्य सामग्री हरुमा उपभोक्तालाई सक्दो सहुलियत गरिदिनहुन पनि स्थानीय ब्यपारिहरुलाई जोडदार अनुरोध गरिएको उनले जानकारी दिइन । यता गाउँ पालिकाले गरेको गरेको अनुगमनलाई लिएर उपभोक्ताले भने बर्षमा एक दुई पटक गरिने अनुगमनले उपभोक्तालाई त्यति राहत नमिलेको गुनासो आईरहँदा संचारकेन्द्रले गापा उपाध्यक्ष तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक जला बिष्ट बोगटीलाई सोधेको प्रश्नमामा उनले भनिन्- “गत वर्ष मा पनि अनुगमन गरिएको थियो र यस बर्ष भने कोभिड- १९ का कारण अनुगमनमा ढिलाई भएपनि आगामी दिनमा भने उपभोक्ताले दिएको सुझाव र स्वास्थ्य लाई मध्यनजर गर्दै आउँदा दिनहरुमा अझै तिब्रताका साथ अनुगमन गरिनेछ।”

    साथै उनले उपभोक्ताले दिएको सुझाव र स्वास्थ्यलाई मध्यनजर गर्दै आउँदा दिनहरुमा अझै तिब्रताका साथ अनुगमन गरिने प्रतिबद्धता समेत जनाएकी छिन् ।अनुगमन का क्रममा केहि पसलहरुबाट मिति नाघेका अखाद्य सामग्री समेत बरामद गरिएको छ। उक्त अखाद्य पदार्थ भेटिएका पसलहरुलाई नियम अनुसार कारबाहि गरिने गापा प्रमुख कार्यकारी अधिकृत भोज ब. ऐडीले बताएका छन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया