• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अत्यावश्यक बाहेक ललितपुरका सबै सरकारी कार्यालयले प्रदान गर्ने सेवा बन्द

    154
    SHARES

    ललितपुर । ललितपुरका सबै सरकारी कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार साँँझ एक सूचना जारी गर्दै कात्तिक २ देखि अर्काे सूचना नभएसम्मका लागि जिल्लाभरका अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो।

    ‘काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। कार्यालयहरूको भिडभाड घटाउन कात्तिक २ देखि अर्को सूचना जारी नभएसम्म ललितपुर जिल्लाका सबै सरकारी कार्यालयले दिने अत्यावश्यकबाहेकका सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको छ,’ ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने।

    जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, सुरक्षा निकाय र सरोकारवाला निकायको बैठकले यस्तो निर्णय गरेको उनले जानकारी दिए। अत्यावश्यक बाहेकका सामान्य सेवा खुला गर्ने विषयमा प्रशासनले पुनः अर्को सूचना जारी गर्ने उनको भनाइ छ।

    यस्तै जिल्ला प्रशासन कार्यालय दोलखाले जिल्लाभित्रका मन्दिर र शक्तिपिठहरुमा निषेधाज्ञा जारी गरेको छ । शुक्रबार बसेको जिल्ला सुरक्षा समिति र डिसीसीएमसीको बैठकले मन्दिर र शक्तिपीठहरुमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले आज एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयद्वारा जारी सर्कुलरअनुसार जिल्ला भित्रका मन्दिर र शक्ति पीठहरुमा असोज ३० गते राती १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जनाएका छन् ।

    विज्ञप्तिमा जिल्लाभरी संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग गरी निषेधाज्ञा जारी गरिएको जनाइएको छ । प्रशासन कार्यालयले मन्दिर र शक्तिपीठहरुमा भीड नगरिदिन सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

    यस्चातै डपर्वलाई लक्ष्य गरेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि बडादशैँ, तिहार, छठलगायत नजिकिँदै गरेका चाडपर्वमा भीडभाड हुन नदिन प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले निषेधाज्ञा जारी गरेका हुन् ।

    जारी निषेधाज्ञाअनुसार वडादशैँका अवसरमा शक्तिपिठ तथा मन्दिरमा नित्यपूजाबाहेक दर्शनका लागि जमघट गर्नमा रोक लगाइएको छ । चाडपर्व मनाउँदा एकाघरमा बसोवास गर्दै आएका परिवारका सदस्यको बीचमा मात्र मनाउन पाइनेछ । अनावश्यकरूपमा हिँडडुल गर्न, भेला जमघट नगर्न र जात्रा तथा मेलाहरुको आयोजना गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ ।

    “घरमै बसी पूजाआजा गर्ने, चाडपर्वको अवसर पारेर कुनै पनि राजनीतिक दल, सङ्घसंस्था, क्लब, समूह तथा सञ्जालहरुको भेला भई गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकूदलगायत क्रियाकलाप गर्न पाइने छैन ।” प्रमुख जिल्ला अधिकारी महतोले जारी गरेको निषेधाज्ञामा अवैध मदिरा उत्पादन बिक्री, वितरण तथा उपभोग गर्ने र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, होहल्ला गर्ने र तीव्ररुपमा सवारी साधान चलाउने कार्य गरेको पाइए कानूनी कारवाही गरिने उल्लेख गरिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया