• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओली सरकारबिरुद्ध आन्दोलन गर्ने नेपाली कांग्रेसको चेतावनी

    366
    SHARES

    काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड- १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड- १९ रोकथाम तथा नियत्रणका लागि गम्भीर नभएकोले दसैंलगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताएका हुन् ।

    कांग्रेसले गठन गरेको कोभिड- १९ सम्बन्धी अनुगमन टोलीले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दसैंलगत्तै संसद भित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने बताएका हुन् ।

    कोभिड- १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रूपमा फैलिएको देउवाको भनाइ छ । सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्न भन्दा पनि भ्रष्टाचार गर्नमा तल्लीन रहेको उनको आरोप थियो। औषधिको व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको तर कुनैपनि काम जिम्मेवारीपूर्वक नगरेको उनले बताए ।

    नेपाली कांग्रेसका सहमहामन्त्री एवं कोभिड- १९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतले सरकार नागरिकको स्वास्थ्य सुरक्षा र दैनिक जीवनमा परेको आर्थिक सामाजिक कठिनाइप्रति संवेदनशील नभएको बताए । उनले सरकारलाई जिम्मेवार बनेर काम गर्नसमेत आग्रह गरे ।

    कोभिड- १९ का कारण नागरिक समस्यामा परेको भन्दै उद्दार र राहतको सुमचित व्यवस्था गर्न र देशको अर्थतन्त्रलाई बचाउन कांग्रेसको सुझाव छ । कांग्रेसद्वारा गठित अनुगमन समितिले विभिन्न क्षेत्रका व्यक्ति, विज्ञ र कोभिड- १९ रोकथाम तथा नियत्रणमा खटिएका व्यक्तिहरूसँग समन्वय गरी अनुगमन गरेको थियो । समितिले कोभिड- १९ संक्रमण समुदाय स्तरमा फैलिँदासमेत सरकार गम्भीर नबनेको निष्कर्ष निकालेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ