• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    युद्धका लागि तयार रहन जनमुक्ति सेनालाई चिनियाँ राष्ट्रपतिको आदेश, विश्वभर हलचल

    747
    SHARES

    बेइजिंग । चिनियाँ राष्ट्रपति सी जिनपिङले जनमुक्ति सेना (पीएलए)लाई युद्धका लागि तयार रहन आदेश दिएका छन्। मंगलबार सैन्य अड्डामा भ्रमणको क्रममा राष्ट्रपति सीले चिनियाँ सेनालाई युद्धका लागि पूर्ण तयार रहन निर्देशन दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन।मंगलबार राष्ट्रपति सी गुआंग्डोंग प्रान्तको सैन्य अड्डा भ्रमणमा निस्केका थिए।

    राष्ट्रपति सीले सैनिकहरूलाई युद्धको लागि तयारी अवस्थामा वस्नयम तथा यसका लागि आफ्नो मन(मस्तिष्क तयार पार्न आदेश दिएका हुन। भारतसँगको सीमा विवाद, अमेरिकासँगको विग्रदो सम्बन्ध तथा ताइवानको मामिलाले बढाएको दूरीबीच राष्ट्रपति सीको यस्तो आदेश आएको हो ।

    यस्तै बेलायतका वरिष्ठ चिकित्सा सल्लाहकारहरूले देशमा कोरोना भाइरसका कारण नराम्रो दिन आउन सक्ने चेतावनी दिएका छन्। महामारीको पछिल्लो अवस्था हेर्दा र थप उच्च व्यवस्थापन गर्न नसकिएमा नराम्रो अवस्था आउनसक्ने उनीहरूले सोमबार चेतावनी दिएका हुन्।

    कोरोना महामारीको दोस्रो लहर आएको र त्यसले तल्लो तहसम्म र पहिलाभन्दा बढी असर पार्न सक्ने उनीहरूको विश्लेषण छ। दोस्रो चरणको महामारीमा हरेक हप्ता दोब्बर सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि हुदै गइरहेको र पहिलो चरणको भन्दा तीव्र भएको उनीहरूको भनाइ छ। त्यो महामारीको फैलावट रोक्नका लागि पहिलाकोभन्दा तीव्र र प्रभावकारी उपायहरू अवलम्बन गर्नु पर्नेमा प्रमुख वैज्ञानिक अधिकृत पात्रिक भलान्सले जोड दिए।

    उनले भने, ‘अन्य देशहरूको यस्तै अभ्यास र अवस्था हेर्दा मृत्यु हुनेहरूको संख्या धेरै वृद्धि हुँदै जाने देखिएको छ।’ उनले बेलायतीसँग गलत मानसिकता रहेको र त्यसले नै नराम्रो अवस्थामा पुर्‍याउन सहयोग पुर्याउने चिन्ता पनि व्यक्त गरे। चिन्ताजनक अवस्था बढ्दै गएकाले प्रधानमन्त्री बोरिस जोनसोनले पनि यसै हप्ता थप प्रतिवन्धात्मक व्यवस्थाहरू घोषणा गर्ने अपेक्षा गरिएको बताइएको छ।

    कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्याका आधारमा बेलायत अहिले १४ औँ अग्रपङक्तिमा पर्दछ। बेलायतमा अहिलेसम्म तीन लाख ९४ हजार २५७ जना सङ्क्रमित भएका छन् भने तीमध्ये ४१ हजार ७७७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ