• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सुदूरपश्चिम प्रदेशमै पहिलो पटक भीमदत्तले थाल्यो अनलाइनबाटै घर नक्सा पास, मेयर विष्टले गरे घोषणा

    1.6K
    SHARES

    महेन्द्रनगर । भीमदत्त नगरपालिकामा अनलाइनबाट भवनको नक्सा बनाउन सकिने भएको छ । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक भीमदत्त नगरपालिकाले घर नक्सा पासमा डिजिटल प्रणाली सुरुवात गरेको हो । कार्तिक १ गतेदेखि डिजिटल प्रणाली सुरु हुने गरी बिहीबार उद्घाटन गरिएको छ । भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बिहीबार औपचारिक कार्यक्रमकाबीच घर नक्सा डिजिटल प्रणालीमा गएको घोषणा गरेका छन् ।

    उनले नगरपालिकालाई पेपरलेस बनाउने नीति अनुसार घर नक्सालाई डिजिटल प्रविधिमा लगिएको बताए । ‘नगरपालिकाका सबै सेवा सुविधा अहिलेको समय अनुसार सूचना प्रविधिमैत्री बनाउन आवश्यक छ, त्यसका लागि पेपरलेस बनाउने नगरपालिकाको नीति छ’ उनले भने,‘घर नक्सा सम्बन्धि कार्य सहज र व्यवस्थित बनाउन डिजिटल प्रविधिमा गएका छौ ।’

    मेयर विष्टले नगरपालिकाका अन्य सेवालाई पनि डिजिटल बनाउने कार्य सुरु गरिएको उल्लेख गर्दै सूचना प्रविधियुक्त बनाउने कार्यलाई निरन्तरता दिइने बताए । घर नक्सा पासलाई डिजिटल बनाउन भवन नक्सा पास सम्बन्धि इबीपीएस सफ्टवेयर प्रणाली निर्माण गरिएको छ । नगरपालिकाले बनाएको त्यहीं सफ्टवेयरबाट स्थानीयले आफ्नो घरको नक्सा सम्बन्धि कार्य गर्न सक्ने छन् ।

    भीमदत्त नगरपालिका कार्यालयका सूचना अधिकारी हरि सिह धामीले कार्यालय नआएर सबै कागजात अनलाइनबाट भरी घर नक्सा पास गर्न सकिने बताए । ‘कार्यालयमा फाइल बोकेर आउनु पर्दैन, सबै कागजात अनलाइन फाराम भर्न सकिन्छ’ उनले भने,‘यसले झन्झटिलो पनि हटेको छ ।’ कार्यालयमा कागजपत्र बोक्दा हुने झन्झटिलो हट्ने र घर नक्साको प्रतिलिपी खोज्न सहज हुने सूचना अधिकारी धामीले बताए । भीमदत्त नगरपालिकामा ८ हजार भन्दा बढी घर नक्सा पास भएका छन् ।

    स्थानीय स्वायत्त शासन सञ्चालन ऐन २०५४ आएपछि नगरपालिकामा घर नक्सा पास सुरु गरिएको थियो । व्यवस्थित सहरीकरणका लागि स्थानीय स्वायत्त शासन ऐनमा घर नक्सा पासको प्रावधान राखिएको छ । अहिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा स्थानीय सरकारलाई घर नक्सा पासको अधिकार दिइएको छ । सुदूरपश्चिम प्रदेशमा भीमदत्त सहित देशभर हालसम्म ९ नगरपालिका मात्रै घर नक्सा पासका लागि डिजिटल प्रविधिमा गएका छन्

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ