• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडाैंमा घट्यो अर्को घटना, ग्लोबल आइएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्र’हार

    2.7K
    SHARES

    काठमाडाैं । ग्यास सिलिन्डर बिस्फोट भएर ११ जना घाइते भएको २ घण्टा नबित्दै काठमाडौंमा अर्को घटना घटेको छ । काठमाडाैंकाे मध्य बानेश्वरको ग्लोबल आइएमई  बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्र’हार भएको छ। बिहीबार दिउँसो पौने दुई बजे बैंकका गार्डमाथि एक व्यक्तिले खुकुरीले प्र’हार गरी फरार भएको हो।

    सुरक्षा गार्ड रूद्र बहादुर घाइते भएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनको हातमा चोट लागेको छ भने उनको के एमसी अस्पतालमा उपचार भइरहेको उनले बताए।

    ‘सेवाग्राहीहरू लाइन बस्ने क्रममा विवाद हुँदा ती व्यक्तिले गार्डको खुकुरी निकालेर प्र’हार गरेका थिए,’एसपी राठौरले भने,’ती मान्छेको पहिचान भइसकेको छ।’ उनको खोजी भइरहेको एसपी राठौरले बताए।

    यसअघि आजै राजधानीको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर बिस्फोट भएर आगलागी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित फलफूल चोकमा रहेको नीलकुमारी क्षत्रीको घरमा ग्यास पड्किएर आगलागी भएको महानगरीय प्रहरीले जनाएको छ ।

    नीलकुमारीको ससुरा केही दिन अघि बितेको र सो घरमा हाल किरीयाकर्म भइरहेको थियो । बिहीबार बिहान ग्यास खोल्दा एकाएक लिक भएर आगलागी सुरु हुन पुगेको जानकारी पाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा ११ जना घाइते भएका छन् भने त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको पिपुल्स र मनमोहन अस्पतालमा उपचार भइरहेको राठौरले जानकारी दिए ।

    ४ वटा ग्यास सिलिन्डर विस्फोट हुँदा सो घरमा नराम्ररी क्षति पुगेको छ भने वरपरका केही घरमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । ग्यास विस्फोटपछि भएको आगलागी दमकलको सहायताले निभाइएको थियो । एता धनगढीमा खाना पकाउने ग्यास लिक हुँदा आगलागीमा परेकी महिलाको मृत्यु भएको छ ।

    बुधबार बिहान धनगढी उपमहानगरपालिका ८ स्थित हरिलाल विष्टको घरमा ग्यास वि’स्फोट भएर आगो लागेको थियो । ग्यास वि’स्फोटमा परी ७० बर्षका विष्ट, उनकी ६५ बर्षीया श्रीमती बिर्मा विष्ट र १५ बर्षकी नातिनी महेश्वरी विष्ट घाइते भएका थिए ।

    शरीरमा आगो लागेर गम्भीर घाइते रहेकी महिलाको उपचारमा क्रममा बिहीबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

    उनको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको उनले बताए । अन्य २ जनाको भने काठमाडौँमा उपचार भइरहेको छ । धनगढीस्थित माया मेट्रो अस्पतालबाट बुधबार नै हेलिकप्टरमार्फत तीनै जनालाई काठमाडौँ लगिएको थियो ।

    यसैबीच कोरोना संक्रमणका कारण प्रदेश १ मा एकै दिन आठ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच जना र विराटनगरमा तीन जनाको मृत्यु भएको हो । विराटनगरको विराट नर्सिङ होममा एक महिला र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई पुरुषको मृत्यु भएको छ ।

    मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया महिलाको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको हो । मुटु सम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार उनलाई विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा भर्ना गरिएको थियो ।

    यस्तै विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई जना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–४ का ५० वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    विराटनगरका पुरुषलाई पीसीआर परीक्षण गराउँदा असोज २१ गते रिपोर्ट पोजेटिभ आएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । उनको बिहीबार बिहान ३ः३० बजेतिर मृत्यु भएको हो । मृतकमा मधुमेहको समस्या थियो ।

    सोमबार कोरोना पुष्टि भए पनि होम आइसोलेसनमा रहेका धरानका वृद्ध पुरुषलाई श्वासप्रश्वासको समस्या बढेपछि उपचारका लागि बुधबार कोभिड अस्पताल भर्ना गरिएको थियो । उनको बुधबार राति ९ बजेतिर मृत्यु भएको छ । मृतकमा मधुमेह, उच्च रक्तचापलगायत समस्या थियो ।

    धरानमा पाँचजनाको मृत्यु

    यसैबीच बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप पाँच संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणले दुई महिला र तीन पुरूषको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

    मृत्यु हुनेमा धरान उपमहानगरपालिकाकाकी एक महिला र एक पुरुष, इटहरी उपमहानगरपालिकाका एक महिला र तेह्रथुमका दुई पुरुषको छन् । योसँगै प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

    डा. श्रेष्ठका अनुसार तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार बिहान ७: १५ बजेतिर उपचारका क्रममा मृत्यु भएको छ । मृगौलामा समस्या, मधुमेह र उच्च रक्तचापका बिरामी रहेका पुरुषलाई कोरोना पुष्टिसँगै असोज ११ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचार थालिएको थियो ।

    यस्तै इटहरी उपमहानगरपालिका–२० की ७५ वर्षीया वृद्धाको पनि बिहीबार बिहान १२:०५ बजे मृत्यु भएको छ । उच्च रक्तचापको समस्या रहेकी वृद्धामा असोज २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै धरान उपमहानगरपालिका–९ का दुई जना संक्रमितको मृत्यु भएको छ ।

    प्रतिष्ठानकै प्रयोगशालामा असोज २५ गते कोरोना संक्रमण पुष्टि भएका ५८ वर्षीय पुरुषको कोभिड –१९ अस्पतालमा बुधबार राति ११:५५ बजे मृत्यु भएको डा.श्रेष्ठले बताए । असोज २८ गते कोभिड अस्पतालमा भर्ना भएका उनमा दीर्घ रोग भए नभएको जानकारी नभएको प्रतिष्ठानले जनाएको छ ।

    धरान– ९ कै कोरोना संक्रमित ४४ वर्षीया महिलाकोसमेत बुधबार अपरान्ह ३:१५ बजेतिर उपचार गर्दागर्दै मृत्यु भएको सह–प्रवक्ता डा. श्रेष्ठले जानकारी दिए । महिलाको पनि दीर्घ रोगबाट जानकारी नभएको जनाएको प्रतिष्ठानका अनुसार असोज २७ गते महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।

    यस्तै तेह्रथुम दांग्पा– १ का ४९ वर्षीय पुरुषको पनि प्रतिष्ठानको आकस्मिक कक्षमा बुधबार उपचारका क्रममा मृत्यु भएको छ । मृतक सबैको शवको व्यवस्थापन नेपाली सेनाले कोभिड-१९ शव व्यवस्थापनको नियमानुसार गर्नेछ ।

    यस्तै रुपन्देही र अर्घाखाँचीका दुई जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ का ७३ वर्षीय पुरुषको आईसीयू अभावमा मृत्यु भएको छ । उनलाई असोज २८ गते लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

    तर अस्पतालमा आईसीयू अभाव भएपछि दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनमा यही असोज २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी बुटवल उपमहानगरपालिका–७ की ७० वर्षीया महिलाको धागो कारखानामा सन्चालित कोरोना विशेष अस्थायी अस्पतालमा आज बिहान मृत्यु भएको छ ।

    यही असोज २१ गते अस्पताल भर्ना भएकी उनको आज बिहान सवा ९ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनमा असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा ज्वरो, दम लगायतका समस्या थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ