• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    निडरकाे निधनले भावुक बने विप्लव, श्रद्धाञ्जली व्यक्त गर्दै निकाले यस्ताे वक्तव्य

    1K
    SHARES

    काठमाडौँ । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ आफ्नो पार्टीका पुर्व केन्द्रिय सल्लाहकारको निधनमा भावुक भएका छन् । जनयुद्धहालसम्म आफ्नो पार्टी र एकिक्रित जनक्रान्तिको आभियानालाई साथ दिइरहेका बझाङ जिल्ला केदारस्यु गापा ४ सैन्सु निवासी धनबहादुर मल्ल ‘निडर’को निधनमा विप्लव भावुक भएका हुन् ।

    विप्लवले बिहिबार बिहान एक शोक बक्तब्य जारी गर्दै निडरप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । विप्लवले विज्ञप्ति मार्फत निडरको २०७७/६/२९ गते ६७ वर्षको उमेरमा निधन भएकोमा पार्टी शोकमग्न भएको पनि बताएका छन् ।

    निडरका शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै विप्लवले जनयुद्धका क्रममा बझाङलगायत पश्चिम क्षेत्रमा वर्गसङ्घर्षको विकासमा महत्वपूर्ण भूमिका पूरा गर्दै एकीकृत जनक्रान्तिमा निरन्तर साथ दिइरहेको भन्दै वर्गसङ्घर्षमा निडरको भूमिकाको स्मरण गरेका छन् ।

    विप्लवले शोक वक्तव्यमा भनेका छन्, ‘हाम्रो पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार, बझाङ जिल्ला केदारस्यु गापा ४ सैन्सु निवासी कमरेड धनबहादुर मल्ल ‘निडर’ को यही २०७७/६/२९ गते ६७ वर्षको उमेरमा निधन भएकोमा हाम्रो पार्टी शोकमग्न भएको छ । जनयुद्धका क्रममा बझाङलगायत पश्चिम क्षेत्रमा वर्गसङ्घर्षको विकासमा महत्वपूर्ण भूमिका पूरा गर्दै एकीकृत जनक्रान्तिमा निरन्तर साथ दिनुहुने कमरेड मल्लप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोकसन्तप्त सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।’ यस्तो छ वक्तव्य

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ