• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल समाचार

    सुशान्त सिंह प्रकरणमा सिबिआई अनुसन्धान पूरा, निकाल्यो यस्तो निष्कर्ष

    1.3K
    SHARES

    सुशान्त सिंह राजपूत प्रकरणको अनुसन्धान सिबिआईले पूरा गरेको छ । सिबिआईले अहिलेसम्म सुशान्तको मृत्युमा कसैको पनि षड्यन्त्र नभेटेको जानकारी दिएको छ । स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले सिबिआईको अनुसन्धान अब पूरा भइसकेको र उनीहरुले चाँडै नै आफ्नो रिपोर्ट अदालतमा पेश गर्ने जानकारी दिएको छ ।

    जानकारीका अनुसार सिबिआईले अक्टोबर ८ मा सुशान्तका भिनाजु र फरिदाबादका कमिश्नर ओपी सिंह र सुशान्तकी दिदी नीतूसँग दिउँसो सोधपुछ गरेको थियो । यो सोधपुछपछि सिबिआईको अनुसन्धान पूरा भएको हो । सिबिआईले आफ्नो अनुसन्धनमा पत्ता लागेका सबै परिस्थितीजन्य साक्षीको आधारमा रियालाई आरोपी बनाउने नबनाउने निर्णय अदालतमाथि नै छोड्ने अनुमान गरिएको छ ।

    यता भाजपाका राज्यसभा सांसद सुब्रमण्यम स्वामीले सुशान्त सिंह राजपूतको मृ’त्युको मामिलामा भइरहेको अनुसन्धानसँग सम्बन्धित एम्सको रिपोर्टबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी नदिइएको दाबी गरेका छन् ।

    स्वामीले प्रश्न सोधेका छन्, ‘के एम्सको समूहले सुशान्तको श’वको पोस्टमार्टम गरेको थियो वा कूपर अस्पतालका डाक्टरको पोस्टमार्टम रिपोर्टबाटै आफ्नो धारणा बनायो ? के एम्सको टीमले प्रमाण नष्ट गरेकोमा अनुसन्धान गरे ? के मृ’त्युको कारणमाथि एक निश्चित धारणा बनाउनका लागि फरेन्सिक मेडिकलको दृष्टिकोणले सामग्री अपर्याप्त थिए ? के स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले यो मामिलालाई मेडिकल बोर्डमा पठाउने विचार गर्नेछ ?’ स्मरण रहोस्, केही दिन अघि एम्सको प्यानलले सुशान्तको ह’त्याको आशंकालाई खारेज गर्दै यसलाई आ’त्मह’त्या बताइसकेको छ ।

    यस्तै कोरोना भाइरसका कारण थुप्रै मानिसहरुको विवाहमा ब्रेक लागेको छ । विवाहको मौसम सुरु हुनै लाग्दा बलिउड फिल्म इन्डष्ट्रिका सिंगल पनि अब मिंगल हुने तयारीमा छन् । हालै बलिउड गायिका नेहा कक्कडको विवाहले निकै चर्चा पाएको छ । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार नेहा कक्कड र पंजाबी गायक रोहनप्रीत सिंह चाँडै नै विवाह बन्धनमा बाँधिदैछन् ।

    हाल उनीहरुको विवाहका लागि कुनै निश्चित मिति तय भइसकेको छैन तर स्रोतका अनुसार नेहा र रोहनप्रितको विवाह अक्टोबर २४ मा सम्पन्न हुनेछ । यी दुईको विवाह यसकारण पनि चर्चामा छ कि नेहा रोहनप्रितभन्दा सात वर्ष जेठी छिन् । नेहा ३२ वर्षकी छिन् भने रोहनप्रित २५ वर्षका । नेपाली समाज झैं भारतीय समाजमा पनि श्रीमानभन्दा श्रीमतीको उमेर बढी भए, यो असाधारण हुन्छ त्यसैले चर्चाको विषय बन्ने गर्छ ।

    तर विवाह भनेको दुई आत्माको मिलन हो । एक अर्कामा पारस्परीक विश्वास, सम्मान र प्रेम छ भने उमेर त के ‘इन्द्रको बाउ चन्द्र’ आएपनि केही लाग्दैन । श्रीमान् श्रीमतीभन्दा २० वर्ष जेठो हुँदा पनि सामान्य मान्ने हाम्रो समाजले श्रीमती जेठी हुँदा पनि यसलाई सामान्य रुपमा नै हेर्नुपर्दछ ।

    आखिर जेठी श्रीमती विवाह गर्दा आकाश नै खस्ने पनि त होइन । कान्छा श्रीमान भएका श्रीमती र उनीहरुको जोडी उदाहरणीय बनेको छ । जेठा श्रीमान् विवाह गरेका सबै श्रीमती खुसी र सुखी छन् भन्नु पनि गलत हुनेछ । महत्पपूर्ण कुरा भनेको माया हो, प्रेम हो, सद्भाव हो र एकअर्कालाई दिने सम्मान हो । यहाँ आज हामी त्यस्तै जोडीबारे चर्चा गर्नेछौं जसमध्ये कोही उदाहरणीय बन्न सफल भएका छन् भने कसैको धेरै वर्षसम्म सम्बन्ध टिक्न सकेन ।

    बिपाशा बसु र करण सिंह ग्रोवरमा तीन वर्षको उमेर भिन्नता छ । बिपाशा करणभन्दा तीन वर्ष जेठी छिन् । यी दुईले सन् २०१६ मा विवाह गरेका थिए । करणको यो तेस्रो विवाह हो तर अहिलेसम्म बिपाशासँग उनको सबैभन्दा राम्रो ट्युनिङ देखिएको छ ।

    सैफ अली खान अमृता सिंहभन्दा १२ वर्ष कान्छा छन् । दुबैले सन् १९९१ मा विवाह गरेका थिए त्यसपछि उनीहरुको सन् २००४ मा सम्बन्धविच्छेद भयो । अब सैफले आफूभन्दा १० वर्ष कान्छी करिना कपुरसँग विवाह गरेका छन् ।

    कुणाल खेमू श्रीमती सोहा अली खानभन्दा पाँच वर्ष कान्छा छन् । यी दुई विवाह अघि लिभ–इनमा बसेका थिए, त्यसपछि मात्रै उनीहरुले विवाहको निर्णय गरेका थिए । उनीहरुले सन् २०१५ मा विवाह गरेका थिए । उनीहरुका एक छोरी इनाया नाओमी खेमू छिन् ।

    अर्चना पूरन सिंह आफ्ना श्रीमान परमीत सेठीभन्दा सात वर्ष जेठी छिन् । उनीहरुको सन् १९९२ मा विवाह भएको थियो । यी दुई आजसम्म पनि एक–अर्कासँग निकै खुसी छन् । ऐश्वर्या राय आफ्ना श्रीमान् अभिषेक बच्चनभन्दा दुई वर्ष जेठी छिन् । तर उनीहरुको सम्बन्धमा उमेर भिन्नताले केही मान्यता राख्दैन । यी दुईका एक छोरी आराध्या बच्चन छिन् । ऐश्वर्या र अभिषेक आफ्नो वैवाहिक जीवनमा असाध्यै खुसी छन् ।

    प्रियंका चोपडा र निक जोनसमा १० वर्षको उमेर भिन्नता छ । निक प्रियंकाभन्दा १० वर्ष कान्छा छन् । तर उमेरमा उनीहरुको सम्बन्धमा कहिले पनि दरार निम्त्याएन । उनीहरुले सन् २०१८ को डिसेम्बरमा विवाह गरेका थिए र उनीहरु निकै खुसी भएर वैवाहिक जीवन व्यतित गरिरहेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ