• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    कर्णाली विवादबारे ओली-प्रचण्डबीच लामो छलफल, के जुट्यो सहमति ?

    475
    SHARES

    काठमाडौं । सत्तारुढ  दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल भएको छ । प्रधानमन्त्री ओलीसँग छलफल गर्न प्रचण्ड बिहानै बालुवाटार पुगेका थिए ।

    दुई अध्यक्षबीच अढाइ घण्टा लामो सम्वाद भएको छ । कर्णालीमा नेकपामा देखिएको विवादबारे दुई अध्यक्ष बीच सम्वाद भएको स्रोतले जनाएको छ । तर, ठोस् सहमति भने जुट्न सकेन ।

    कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नेकपाको विवाद छताछुल्ल भएको छ । तर, अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु पछाडि हटेपछि मुख्यमन्त्रीको पद जोगिएको छ ।

    मुख्यमन्त्री शाही र नेता नेपाल समूहबीच मन्त्रिपरिषद् पुनगर्ठन गर्ने र सचेतक नियुक्त गर्ने सहमति जुटेपछि अविश्वासको प्रस्ताव बिफल भएको थियो ।

    नेता नेपाल पक्षका थप तीनजना मन्त्री बनाउने र सचेतक नियुक्त गर्ने सहमति भए पनि मन्त्रिपरिषद् पुनर्गठन भने हुन सकेको छैन । दुई अध्यक्ष ओली र प्रचण्डले पत्र पठाउँदै थप कदम कसैले नचाल्न निर्देशन दिएका छन् भने भोलि छलफलका लागि कर्णालीका नेताहरुलाई काठमाडौं बोलाइएको छ ।

    यस्तै  नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनयपछि सर्वोच्च अदालतमा परेको मुद्‍दाको आज पनि सुनुवाई स्थगित भएको छ। न्यायाधीशहरुको गणपूरक संख्या नपुगेकाले सुनुवाइ स्थगित स्थगित भएको हो।

    न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले मुद्दाको किनारा नलागेसम्म थप संवैधानिक नियुक्तिमा रोक लगाउँदै यसको सुनुवाई संवैधानिक इजलाशबाट गर्न आदेश दिएका थिए ।

    तर, न्यायाधीशहरूमा कोरोना देखिएपछि उपाध्यक्ष गौतमको मुद्‍दा संवैधानिक इजलाशमा पूर्ण रूपमा छलफल हुन पाएको छैन । प्रतिनिधिसभा चुनाव हारेका गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने निर्णय बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ