• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    नेपालका चित्रकुमारले तोडे अमेरिकीको विश्व रेकर्ड

    543
    SHARES

    काठमाडौं । उदयपुर गाईघाटका चित्रकुमार कार्कीले अमेरिकीले बनाएको विश्व रेकर्ड तोडेका छन् । जोन पेरी टक्सन एरिजोना अमेरिकाबाट १ डिसेम्बर २०१९ मा मस्ट अल्टरनेटिभ हिट्स विथ अ टेनिस र्याकेट इन ३० सेकेन्डमा ९७ स्कोर गरेर टाइटलमा राखेको गिनिज विश्व रेकर्डलाई कार्कीले ३० सेकेन्डमा १०९ स्कोर गरी उनको विश्व रेकर्ड आफ्नो नाउमा दाबी गरेका हुन् ।

    आइतबार वल्र्ड रेकर्ड फाउन्डेसनको सभा हलमा भएको कार्यक्रममा कार्कीले सो स्कोर बनाउन सफल भएका थिए । उक्त कार्यक्रममा अल्ट्रा ग्रुपका प्रतिनिधिको प्रमुख अतिथ्यता रहेको थियो । फ्याल्यास टेनिस एकेडेमीका अध्यक्ष श्रवण कार्की नेपाल फोटो पत्रकार महासंघ केन्द्रीय अध्यक्ष हरि रेग्मी लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    यसअघि पनि चित्र कुमारले उल्टो मोटरसाइकल पुर्वदेखी पश्चिमसम्म चलाएर विश्व रेकर्ड कायम गरिसकेका छन् । हाल नेपालमा रहेका विभिन्न प्रतिभालाई विश्वभर चिनाउने र उत्कृष्ट प्रतिभालाई अगाडी ल्याएर विश्व रेकर्ड राख्न मद्दत पुर्याउने हेतुले उनले वोर्ल्ड रेकर्ड फाउन्डेसन नामको संस्था नै स्थापना गरेर काम गरिरहेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ