• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    धर्म संस्कार समाचार

    यी हुन प्रेम विवाहमा बाधक बन्ने ४ ग्रह, यस्ता उपायले बनाउँछ प्रेम सफल

    590
    SHARES

    काठमाडौँ । यदि कसैको प्रेम विवाह सफल भएन भने उसको कुण्डलीमा ४ ग्रह कमजोर भएको हुनसक्ने आशंका हुन्छ। यी ४ ग्रह शुक्र, बृहस्पती (गुरु), बुध, र राहु हुन्।

    यसमध्ये शुक्र कमजोर भएमा व्यक्तिको कामुक र प्रेम भावना कमजोर हुने गर्दछ । त्यहि बृहस्पती (गुरु) कमजोर भएका व्यक्तिको वैवाहिक जीवनमा खुसी हराएर जान्छ । त्यस्तै यदि बुध कमजोर भएमा विवाहमा धोका हुने सम्भावना हुन्छ ।

    त्यसैगरी कमजोर राहु भएकाहरुले वैवाहिक जीवनमा कल्पना र भ्रममा बाच्ने गर्दछन् । यस्तो स्थितीले प्रेम विवाहमा बाधा उत्पन्न गराउँछ । त्यसैले यसबाट बच्न ज्योतिष शास्त्रमा केहि उपाय अपनाउनु पर्दछ । ज्योतिषका यी उपायले बनाउँछ प्रेम विवाह सफल

    दैनिक बिहान सूर्यलाई जल अर्पण गर्नुहोस् । हरेक बिहान अनिवार्य गायत्री मन्त्रको जप गर्नुहोस् । शुक्रबार र पूर्णिमाका दिन अनिवार्य व्रत राख्नुहोस् । शुक्रवार पारेर साना कन्याहरुको आशीर्वाद लिनुहोस् । शुक्र, बृहस्पती, बुध, राहुको शान्तीको उपाय गर्नुहोस् । कुण्डलीमा पञ्चम भाव र पञ्चमेश बलियो बनाउनु पर्दछ।

    कुण्डलीमा सप्तम भाव र सप्तमेशलाई मजबुत पार्नु पर्दछ। ज्योतिषको सल्लाहमा पन्ना वा पुखराज धारण गर्नुहोस् । यसका लागि ज्योतिषको परामर्श समेत लिनुपर्छ ।

    यस्तै हत्केलामा विभिन्न रेखा, चिन्ह वा आकृती बनेका हुन्छन् । जसको सम्बन्ध व्यक्तिको भाग्य, धन र ऐश्वर्यसँग समेत रहने गरेको छ । यदि कुनै ब्यक्तिको हत्केलामा जहाँ बुध वा शनि पर्वत बनेको हुन्छ त्यहा तराजूको निशान भए यस्ता ब्यक्तिले कहिल्यै धनको अभाव बेहोर्नु पर्दैन । यस्ता ब्यक्तिले आफ्नो जीवनकालमा निकै सफलता र धन कमाउने मान्यता छ । यस अलावा यस्ता ब्यक्तिको समाजमा राम्रो प्रतिष्ठा हुने गर्दछ ।

    हत्केलामा शुक्र पर्वतको अत्यधिक महत्व रहने गर्दछ । शुक्र पर्वत राम्रो भए व्यक्तिले सबै सेवा, सुविधायुक्त आरामदायी जीवन बिताउने मान्यता रहेको छ । शुक्र पर्वतबाट निस्किएको कुनै रेखा सीधै सूर्य पर्वतमा पुगेर मिलेको छ भने यसलाई अझ शुभ फलदायी र भाग्यमानी मानिन्छ । यस्ता ब्यक्तिले राजयोग बराबरको सुख प्राप्त गर्दछन् ।

    यदि कुनै ब्यक्तिको हत्केलामा मणिबन्धबाट निस्किएको रेखा एकदम स्पष्ट र सीधा शनि पर्वतमा पुगेको छ भने यस्ता ब्यक्ति भाग्यशाली र सफल मानिन्छन् । यस्ता ब्यक्ति धनवान् हुने मान्यता रहेको छ ।

    जसको हत्केलामा अनामिका औलाबाट निस्किएको रेखा चन्द्र पर्वतमा मिसिएको छ भने यस्ता ब्यक्ति भाग्यशाली र धनी हुने मान्यता रहेको छ । यस्ता ब्यक्ति उपर देवी लक्ष्मीको कृपा रहने मान्यता छ ।

    यदि मणिबन्ध जसलाई भाग्य रेखा समेत भनिन्छ यहाँबाट कुनै रेखा निस्किएर शनि पर्वतका अलावा बुध पर्वतमा मिसिएकोा छ भने यस्ता ब्यक्ति अत्यन्त भाग्यशाली मानिन्छन् । यस्ता ब्यक्ति ब्यापारमा सफल र समाजमा प्रतिष्ठित मानिन्छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ