• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights Uncategorized राजनीति

    ओलीलाई प्रचण्डको चेतवानी– अविश्वासको प्रस्ताव हल नगरे बेठिक हुन्छ

    581
    SHARES

    काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै सांसदहरुले संसदीय दलमा राखेको अविश्वासको प्रस्तावका कारण नेकपाको केन्द्रमा पनि हलचल मच्चिएको छ । शाहीविरुद्धको अविश्वासको प्रस्तावलाई लिएर नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले अर्को पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र पार्टी बरिष्ठ नेता माधव नेपाललाई भेटेका छन् ।

    भेटका क्रममा अध्यक्ष प्रचण्डले अहिलेको अवस्थामा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव राख्नु ठीक नभएको भन्दै अर्का अध्यक्ष ओलीलाई उक्त अविश्वास प्रस्ताव फिर्ता गराउन आग्रह गरेका छन् । मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव हल नगरे बेठिक हुने उनको चेतवानी छ ।

    दुई अध्यक्ष ओली र प्रचण्डबीच बिहान झण्डै सवा १ घण्टा छलफल भएको बताइएको छ । अध्यक्ष प्रचण्डले ओलीसँग कर्णाली प्रदेशमा देखिएको अहिलेको अवस्था समाधान नगरे यस्तै गतिविधि अन्य प्रदेशमा पनि देखिने र यसले एकतामा आँच पुग्ने बताएका थिए । प्रचण्डले यो विषयमा गम्भीर नभए पार्टी एकतामै ठूलो चुनौती आउने औल्याएको बताइएको छ ।

    प्रधानमन्त्री ओलीलाई भेट्न जानुअघि सोमबार बिहानै दाहालले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग आफ्नै निवास खुमलटारमा छलफल गरेका थिए । मुख्यमन्त्री शाहीविरुद्ध राखिएको अविश्वास प्रस्तावमा नेपाल निकट सांसदहरुले पनि हस्ताक्षर गरेका छन् ।

    कर्णाली प्रदेश नेकपामा सांसदहरुले मुख्यमन्त्री शाहीलाई संसदीय दलको नेताबाट हटाउन प्रस्ताव पेस गरेपछि राष्ट्रिय राजनीतिमा तरंग उत्पन्न भएको छ । कुल ४० सदस्य रहेको प्रदेशसभामा नेकपाको ३३ सिट रहेको छ । अविश्वास प्रस्तावमा नेकपाका ३३ सांसद मध्ये १८ जनाले हस्ताक्षर गरेका छन् ।

    यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि संसदीय दलको बैठक बोलाइएको छ । प्रमुख प्रमुख सचेतक गुलाबजङ्ग शाहले मंगलबार दिउँसो १ बजे दलको बैठक बोलाएका हुन् ।

    ‘संसदीय दलको बैठक बस्नेबारे सूचना आएको छ । अरु कुरा थाहा भएन’, प्रदेश सांसद पदमा खड्काले भनिन् । तर, दलको नेता एवम् मुख्यमन्त्री शाहीसँग परामर्श समेत नगरी बैठक बोलाइएको एक नेताले बताए । उनले भने, ‘यति हतारमा प्रक्रिया बढाउनु हुँदैनथ्यो । मुख्यमन्त्रीसँग सामान्य परामर्श लिइएको भए उचित हुन्थ्यो ।’

    प्रमुख सचेतक शाहले भने बहुमत सदस्यहरुले प्रस्ताव ल्याएकाले बैठक बोलाइएको बताए । ‘प्रजातान्त्रिक प्रक्रियाको सम्मान त गर्नु प¥यो । अब बैठकमै यसबारे छलफल हुन्छ’, उनले भने ।

    मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै दल नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव पेश गरेका छन् । यमलाल कँडेलको नेतृत्वमा पूर्व माओवादी तर्फका तीनसहित १८ जनाले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । ४० सदस्यीय कर्णाली प्रदेशमा नेकपाको ३३ सांसद छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ