• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    कर्णालीमा नेकपा संसदीय दलको बैठक बस्दै, मुख्यमन्त्री शाहीलाई अत्तोपत्तो छैन

    483
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेश संसदीय दलको बैठक बस्दैछ । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि संसदीय दलको बैठक बोलाइएको हो। संसदीय दलको प्रमुख सचेतक गुलाबजङ्ग शाहले मंगलबार दिउँसो १ बजे दलको बैठक बोलाएका हुन् ।

    दलको नेता एवम् मुख्यमन्त्री शाहीसँग परामर्श समेत नगरी बैठक बोलाइएको एक प्रदेशसभा सदस्यले बताएका छन्। मुख्यमन्त्री शाहीका बिरुद्ध अबिस्वाशको प्रस्ताव आउँन बितिकै हतार हतारमा प्रक्रिया बढाउनुले सत्तारुढ दलले नै शाहीलाई हटाउन खोजेको देखिन्छ ।

    संसदीय दलका प्रमुख सचेतक शाहले भने बहुमत सदस्यहरुले प्रस्ताव ल्याएकाले बैठक बोलाइएको बताए । ‘प्रजातान्त्रिक प्रक्रियाको सम्मान त गर्नु पर्यो । अब बैठकमै यसबारे छलफल हुन्छ’, उनले सञ्चारकर्मीलाई भनेका छन्।

    मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै दल नेकपाका १८ सांसदले अविश्वासको प्रस्ताव पेश गरेका छन् । यमलाल कँडेलको नेतृत्वमा पूर्व माओवादी तर्फका तीनसहित १८ जनाले हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाको तर्फबाट ३३ सांसद छन् ।

    यता नेकपाका अध्यक्ष पुस्पा कमल दाहालले प्रधानमन्त्री ओलीलाई अबिस्वाशको प्रस्ताव तत्काल रोक्न आग्रह गरेका छन् । पार्टी एकतामा समेत संकट उत्पन्न हुने भन्दै दाहालले यो संकटको संकेत भएकाले मुख्यमन्त्री शाही बिरुद्धको प्रस्ताव तत्काल झासरी पनि रोक्न अनुरोध गरेका छन् ।

    पछिल्लोपटक सत्तारुढ नेकपाभित्र दाहाल पक्ष कमजोर बन्दै गइरहेको छ । आफ्नो पार्टीको अस्तित्व नै संकटमा पर्ने देखेपछि चलाखीपूर्ण तरिकाले एमालेसँग एकता गरेर आफ्नो राजनीतिक अस्तित्व जोगाएका प्रचण्डले केहि समय माधब नेपाललगायतका पुर्व एमाले नेताहरुलाई समेत हातमा लिएर ओलीका बिरुद्ध दबाब सिर्जना गरेपनि हाल उनि एक पछि अर्को संकटमा पर्दै गएका छन् ।

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीबिरुद्ध अबिस्वाश प्रस्ताब दर्ता भएको घटनाले केन्द्रमा संकटमा परेको दाहाल समूहलाई प्रदेश तहमा समेत संकट सुरु भएको देखिन्छ । यसले उनिहरुको पार्टी भित्र मात्र नभएको सत्तामै संकट सुरु भएको अनुमान विश्लेषकहरुले गरेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ