• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    यसवर्ष दशैं विदा कहिलेबाट सुरु हुन्छ ? काठमाडौँ उपत्यकामा यस्तो नयाँ नियम लागु हुँदै

    1.4K
    SHARES

    काठमाडौं । संघीय राजधानी काठमाडौँसहित पछिल्ला केहि दिनयता देशैभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । आज आइतबार नेपालमा थप २०७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ  भने आधा भन्दा धेरै काठमाडौं उपत्यकामा संक्रमित थपिएका छन् ।

    कोरोना संक्रमणबाट पर्यटनमन्त्री योगेश भट्टराई संक्रमित बनेका छन् भने न्यायाधीशहरु, विभिन्न संस्था, सरकारी कर्मचारीहरु संक्रमित बनेसँगै कार्यालयहरु बन्द हुन थालेका छन् ।

    कोरोना संक्रमणको पछिल्लो अवस्था जटिल र भयावह बन्दै गएसँगै सरकारी संयन्त्रहरु छलफलमा जुटेका छन् । यसैबीच कोरोना संक्रमणको पछिल्लो अवस्था र यसको नियन्त्रणको प्रयास, संक्रमण जोखिम न्यूनीकरण लगायतका विषयमा आज मुख्यसचिबको कार्यालयमा सचिबहरुको बैठक बसेको छ ।

    संक्रमण रोकथामका लागि थप रणनीति चाल्ने विषयमा बैठकमा कुराकानी भएको स्रोतको भनाइ छ । उक्त बैठकपछि आजै साँझ बस्ने सीसीएमसीको बैठकले यसबारे थप निर्णय गर्ने आकलन गरिएको छ । सीसीएमसीको सिफारिशपछि सम्भवतः भोलिको क्याबिनेट बैठकले त्यससम्बन्धमा आवश्यक कदम चाल्ने जनाइएको छ ।

    कसरी मनाउन दिने चाँड ?

    कोरोना संक्रमतिको संख्या दैनिक रुपमा निकै बढिरहँदा सरकारले अस्पतालहरु थेग्न नसक्ने जनाइसकेको छ । सामान्य अवस्थामा अस्पताल नआउन सरकारले अपिल गरिरहेको छ । तर केही दिनपछि नेपालीको घर आगनमा वर्षको सबैभन्दा ठूलो चाँड दशैैं र तिहार आउँदैछ ।

    त्यसबेलामा संक्रमण थप विस्तार हुने र अवस्था भयावह बन्ने सक्ने आकलन गरिएको छ। सचिबहरुको बैठकसमेत संक्रमणको जोखिम उच्च रहेको अवस्थालाई ध्यानमा राखेर सर्वसाधारणलाई नजिकिँदो दशैंलगायतका चाड पर्व कसरी मनाउन दिने भन्नेमा केन्द्रीत भएको छ ।

    दुई विकल्पबारे छलफल

    बैठकमा काठमाडौं उपत्यका भित्रने र बाहिरिनेमाथि पूर्ण रुपमा रोक लगाएर जो जहाँ छ त्यही दशैं मनाउन लगाउने र संक्रमित देखिएका स्थानमा सिल्ड गरेर अन्य स्थानको अवस्था सुचारु गर्ने बारे छलफल भएको छ ।

    छलफलमा केहीले विशेषगरी सबैथरि यातायात र सरकारी कार्यालयको गतिविधिका कारण कोरोना संक्रमण बढेको औंल्याउँदै त्यसमा रोक लगाउनुपर्ने बताएका छन् । त्यस्तै यसपटक घटस्थापनाको दिनदेखिनै सरकारी कार्यालयहरु विदा दिने बारेसमेत छलफल भएको स्रोतको भनाइ छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ