• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भक्तपुरका तीन गेष्ट हाउसमा प्रहरीकाे छापा, यस्ताे अवस्थामा पक्राउ परे १४ महिला र पुरूष

    822
    SHARES

    काठमाडाैं । भक्तपुरको ठिमी क्षेत्रका तीन गेष्ट हाउसमा प्रहरीले छापा मारेको छ। महानगरीय वृत्त ठिमीले आफ्नो क्षेत्रमा पर्ने गेष्टहाउसहरूमा लकडाउन खुलेपछि असामाजिक क्रियाकलापहरू बढेको भन्ने सुचना पाएको थियो।

    सोही सूचनाका आधारमा शनिबार वृत्तबाट खटिएको टोलीले तीन वटा गेष्ट हाउसमा छापा मारेको हो। प्रहरीले ती गेष्ट हाउसबाट तीन सञ्चालकलाई पनि पक्राउ गरेको वृत्तका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए। साथै सात जना महिला ४ पुरूषहरूलाई पनि पक्राउ गरेको छ। प्रहरीले सुनकोशी गेष्ट हाउस, सनराईज गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा छापा मारेको हो। उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

    उपप्राध्यापक चलाउने भन्छन्– ‘अपराधीहरू नउम्किउन्’

    भेष बदलेको समूहले त्रिभुवन विश्वविद्यालय परिसरमै दाहिने खुट्टा भाँचिदिएपछि समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउने ५ दिनदेखि मेडिसिटी अस्पतालमा छन् । उनलाई हिँडडुल गर्न ६ महिना लाग्ने चिकित्सकहरूले बताएका छन् । काठमाडौं प्रहरीले आक्र-मण गर्नेको पहिचान भइसकेको दाबी गरेको छ तर कोही पक्राउ परेका छैनन् ।

    चलाउने क्वार्टरबाट त्रिभुवन विश्वविद्यालय परिसरकै नेपाल बैंकको काउन्टरमा पैसा झिक्न जाँदै गर्दा नकाबधारीले आक्र-मण गरेका थिए । घटनामा विश्वविद्यालयकै विद्यार्थीको संलग्नता रहेको उनको दाबी छ । ‘मैले कल्पना नगरेको घटना भयो, पुलिसको ड्रेस जस्तो देखिने कपडा लगाएका थिए, अनुहार छोपिएको थियो, बाँसको चिर्पट र रडले हानेर भागे,’ उनले टेलिफोनमा भने । उनको टाउकोसहित शरीरका विभिन्न भागमा पनि चोट छ ।

    ‘खुट्टा ठीक हुन ६ महिना लाग्छ रे । अहिले त दिसापिसाब गर्न पनि पाइप प्रयोग गर्नुपरेको छ,’ उनले भने । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले भने पहिचान भएका व्यक्तिलाई पक्राउ गरेर कारबाही गर्ने दाबी गरे । ‘अहिले पनि आरोपितहरूको खोजी भइरहेको छ, नाम सार्वजनिक नगरौं, पीडितलाई जानकारी दिएका छौं, पक्राउ गरेर कारबाही हुन्छ,’ उनले भने ।

    उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेको पहिचान भइसकेको छ, पक्राउ गरी कारबाही गर्छौं : काठमाडौं प्रहरी प्रमुख

    आक्र-मणकारीले प्रयोग गरेको बुलेट मोटरसाइकल प्रहरीले बरामद गरिसकेको छ । जुन मनीष कोइरालाका नाममा छ । उक्त मोटरसाइकल यसअघि पनि त्रिविमा हुने यस्तै घटनामा प्रयोग हुने गरेको प्राध्यापकहरू बताउँछन् । समाजशास्त्र विभागमा प्रमुखको नियुक्तिलाई लिएर ५२ दिनसम्म तालाबन्दी भएको थियो ।

    विभागलगायत विश्वविद्यालयमा तालाबन्दी नगर्न सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले ताला फुटायो । नेविसंघका विद्यार्थीले तालाबन्दी गरेका थिए । राजनीतिक भागबन्डाका आधारमा युवराज लुइँटेललाई विभागीय प्रमुख नियुक्ति गरिएको उनीहरूको आरोप थियो । चलाउनेलगायत भने तालाबन्दीको विपक्षमा थिए । त्यही कारण नेविसंघका त्रिवि इकाई अध्यक्ष हरि आचार्य र सचिव योगेन्द्र रावलले उनीहरूलाई धम्की र चेतावनी दिँदै आएको स्रोतको भनाइ छ ।

    नेविसंघका अध्यक्ष राजीव ढुंगानाले भने यसमा आफ्नो संगठनको संलग्नता नरहेको दाबी गरे । समाजशास्त्र विभागले उपप्राध्यापक चलाउनेमाथि गरिएको आक्रमणको भर्त्सना गरेको छ । नेविसंघका विद्यार्थीले तालाबन्दी गरेको र सांघातिक आक्रमण गर्ने धम्की दिएको पृष्ठभूमिमा घटना भएको विभागीय प्रमुख लुइँटेलले बताए ।

    विभागले प्रशासनसँग आक्रमणकारीलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । विभागले जारी गरेको विज्ञप्तिमा विश्वविद्यालय जस्तो शैक्षिक केन्द्रमा यस्ता घटना हुनु दुःखद रहेको उल्लेख छ । त्रिविका प्राध्यापकहरूले उपकुलपति कार्यालयमा दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन पनि गरेका छन् ।

    त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, प्राध्यापकहरू पीताम्बर शर्मा, कृष्ण खनाल र चैतन्य मिश्रले ध्यानाकर्षणपत्र जारी गर्दै घटनामा संलग्नलाई पक्राउ गरी दण्ड दिन माग गरेका छन् । ‘घटनाका संलग्नप्रति घृणा व्यक्त गर्दछौं, साथै चलाउनेको औषधोपचारको व्यवस्था विश्वविद्यालयले गरोस्, चाँडो स्वास्थ्यलाभको काम गर्दछौं,’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।

    घटना राजनीतिक दलका भ्रातृ संगठन र तिनले जोरजम्मा गरेका आपराधिक व्यक्ति र समूहको आडमा भएको उनीहरूको ठहर छ । माथेमाले राजनीतिक आडमा नै विश्वविद्यालयमा वर्षौंदेखि यस्ता घटना हुने गरेको जनाए । ‘यसले त विश्वविद्यालयको साख नै गुम्छ, अन्तर्राष्ट्रिय क्षेत्रसम्म नकारात्मक प्रभाव पर्छ,’ उनले भने, ‘भोलि त्यहाँ पढ्न को जान्छ ? पढाउन को जान्छ ?’

    प्राध्यापकहरुद्वारा चलाउनेमाथि भएको आक्रमणको निन्दा
    घाइते चलाउनेले पनि दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । ‘आज म परें, दोषीले उन्मुक्ति पाए भने भोलि जो पनि पर्न सक्छ,’ उनले भने । यसअघिका घटनामा पनि दोषीलाई कारबाही नभएकाले आफूले पनि न्याय पाउनेमा आशंका व्यक्त गरे । ‘म सुदूरपश्चिमको मान्छे, बाआमाले दुःख गरेर पढाउनुभयो, मेरो दाइभाइ भारतमा मजदुरी गर्छन् । म काठमाडौं आएको १४ वर्ष भयो, एक जनासम्म पनि वादविवाद भएकै छैन, रिसइबी कोहीसँग थिएन,’ ४३ वर्षीय उनले भने, ‘वादविवाद परेर एक–दुई मुक्का हानेको भए सहन्थें । एक शब्द बोल्न नपाउँदै आक्रमण गरे, मलाई अंगभंग नबनाएको भए हुन्थ्यो ।’ राजनीतिक संरक्षणमा अपराधीहरू उम्कन नहुने उनले जनाए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ