• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    सशस्त्र प्रहरीको जवान पदमा ठुलो संख्यामा भर्ना खुल्यो, ८ कक्षा पासले पनि आवेदन दिन पाउने

    898
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलले जवान पदमा ठुलो संख्यामा दरखास्त खोलेको छ । सशस्त्र प्रहरी बलले साधारण समूह, साधारण उपसमूह तर्फ जवान पदमा १ हजार ८ सय ३३ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

    सशस्त्रले खुलातर्फ ८ सय ८८, अमर/अशक्त सशस्त्र प्रहरी कर्मचारी सन्ततितर्फ २० जनाका लागि दरखास्त आह्वान गरेको छ । यस्तै, समावेशीअन्तर्गत महिला १ सय ६५, आदिबासी जनजाति २ सय ६४ जना, मधेसी २ सय ३१ जना, दलित १ सय २४ जना र पिछडिएको क्षेत्रका ४१ जना गरी १ हजार ८ सय ३३ जनाका लागि जवान पदमा दरखास्त आह्वान गरिएको हो ।

    १८ वर्ष पूरा भइ २२ वर्ष ननाघेको नेपाली नागरिक (महिला/पुरुष)ले सशस्त्र प्रहरी बलको जवान पदका लागि दरखास्त दिन सक्ने छन् । जवान पदमा दरखास्त दिनका लागि कम्तिमा ८ कक्षा उत्तिर्ण गरेको शैक्षिक योग्यता हुनुपर्ने सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरीको जवानमा दरखास्त दिन चाहने इच्छुक व्यक्तिले असोज २४ गते देखि कात्तिक २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

     

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ