• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update विशेष

    काठमाडौँमा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, २४ घण्टामा २६ सय ७२ जनामा संक्रमण

    516
    SHARES

    काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र थप २ हजार ६ सय ७२ जना कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा काठमाडौंमा २ हजार १००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना संक्रमित देखिएको जानकारी दिइएको हो ।

    २४ घण्टामा जम्मा १९ हजार ३२० पीसीआर परीक्षण भएका छन् । २४ घण्टाको अध्यावधिक विवरणमा शुक्रबार उपत्यका १४ सय ९ जनामा संक्रमण पुष्टि भएको थियो । देशभर शनिबार ५ हजार ८ जना संक्रमित थपिएका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा थप ५००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ८१८ रहेको छ । यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ थियो ।

    पछिल्लो २४ घण्टामा थप १,२२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७४ हजार२५२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

    यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ रहेको थियो । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

    योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ महिला र १२ पुरुषको कोरोनाले मृत्यु भएको छ । जसमा काठमाडौंका १ महिला र २ जना पुरुष, धादिङकी एक महिलाको मृत्यु भएको छ ।

    त्यसैगरी सुनसरीका एक जना पुरुष, मोरङका २ पुरुष, सर्लाहीका एक पुरुष, ललितपुरका २ पुरुष, भक्तपुरका एक पुरुष, मकवानपुरका एक पुरुष, रुपन्देहीका एक पुरुष र नवलपरासीपूर्वका एक पुरुषको कोरोनाले मृत्यु भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ