एजेन्सी । आज शनिवार अँग्रेजी पात्रो अनुसार अक्टुबर महिनाको १० तारिख सन् २०२० हो । यसलाई अंकमा लेख्दा १०१०२०२० हुन्छ । अंकहरुको यस्तो अनौठो संयोजनले गर्दा आजको दिनलाई इतिहासकै विशेष दिन मानिएको छ । अर्थात आजको जस्तो विशेष दिन इतिहासमा फेरि दोहोरिएर कहिल्यै आउने छैन । हुन त प्रत्येक सेकेण्ड,मिनेट,घण्टा,दिन र वर्षको उस्तै महत्व र मूल्य रहेको हुन्छ । त्यसमा पनि आजको दिन इतिहासकै सबैभन्दा महत्वपूर्ण दिनको रुपमा रहेको छ ।
त्यसो त आजको दिन अंकको संयोजनको दृष्टिले मात्र होइन अंकशास्त्रीय रुपमा समेत महत्वपूर्ण रहेको अंकशास्त्रीहरु बताउछन् । अंकशास्त्री श्रद्धा सल्लाका अनुसार आजको दिन शक्तिको मार्ग खुल्ने दिनको रुपमा रहेको छ । यसको अर्थ के हो भने आजको दिनले हामीलाई एउटा नयाँ दिशाबोध गर्नेछ । अँग्रेजी वर्ष २०२० सकिन अझै ८३ दिन बाँकी छ । तर अंकशास्त्रीरुका अनुसार आज अर्थात अक्टुबर १० बाटै नयाँ शुरुवात हुनेछ ।
अंकशास्त्री श्रद्धा भन्छिन्–नयाँ शुरुवात यसकारण कि आजको दिनले शक्तिशाली मार्गनिर्देशको ढोका खोलिदिएको छ । अंक एक र दुईलाई अंकतालिकामा सबैभन्दा बलियो मानिन्छ । यी दुई अंकसँग चन्द्र र सूर्यको शक्ति हुन्छन् । त्यसैले आजको दिन ठूलै खगोलीय परिवर्तन हुने देखिन्छ ।
१०१०२०२० मा निहीत अंकहरुलाई जोड्दा यसको योग ६ हुन्छ । यो शुक्रको शक्ति हो । यसले मान्छेको काम,व्यापार र धनमा प्रभाव पार्दछ । त्यसैले मान्छेहरुले ठूलै पवर्तनको अनभूति गर्न सक्दछन् । त्यसो त यो पूरै अक्टुबर महिनाभरि नै शुक्रको प्रभाव भारी रहनेछ ।
अंकशास्त्रका अनुसार १०१०२०२० मा दुवै अंक (१ र २) दुई दुई पटक दोहोरिएका छन् । यो मजबुतीको प्रतीक हो । त्यसमाथि आजको दिन शनिवार परेको छ । शनिवार शनी ग्रहले शासन गर्ने दिन हो । यी सबै तत्वहरुको संयोगले आजको दिन नयाँ शुरुवातका लागि इतिहासकै सबैभन्दा उत्तम दिन रहेको अंकशास्त्री श्रद्धाको भनाइ छ ।
प्रतिक्रिया