• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update अन्तराष्ट्रिय

    भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख नाघ्यो, विश्वभर १० देश बढी प्रभावित

    295
    SHARES

    काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७० हजार ८१८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६९ लाख ३ हजार ८०६ पुगेको छ ।

    संक्रमितमध्ये अहिलेसम्म ५९ लाख ३ हजार १७० जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ९४ हजार ८२ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६ हजार ५५४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १००० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    यस्तै अमेरिकामा दुई महिना यताकै धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५६ हजार ६५२ जनामा संक्रमण देखिएको अमेरिकामा संक्रमित संख्या ७८ लाख नाघेको छ ।

    तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार शुक्रबार थपिएका संक्रमित संख्या अगस्ट १४ यताकै धेरै हो । संक्रमितमध्ये अहिलेसम्म ५० लाख २५ हजार १५३ जना संक्रमणमुक्त भएका छन् ।

    उपचार गराइरहेका २५ लाख ९० हजार ८३२ जनामध्ये १४ हजार ६५३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ९५७ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख १७ हजार ७३८ पुगेको छ ।

    अहिलेसम्म विश्वका २१४ मुलुकहरू कोरोनाबाट प्रभावित भएका छन् । यद्यपि केही मुलुकहरू भने यसबाट अत्यन्तै प्रभावित भएका छन् । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७८ लाख नाघेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।

    कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १७ हजार नाघेको छ । केही दिनअघिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । यद्यपी राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था सुधार भएको जनाइएको छ ।

    यस्तै कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ६९ लाख सङ्क्रमित भएका छन् ।भारतमा एक लाख ६ हजार ५२१ जनाको मृत्यु भईसकेको छ ।

    यस्तै कोरोना सङ्क्रमणले सबैभन्दा प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख नाघेको छ । सङ्क्रमणको कारण एक लाख ४९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

    यस्तै खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ६० हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार ५६ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

    यस्तै कोलम्बियामा ८ लाख ८६ हजार १७९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ३३१ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा ८ लाख ८४ हजार ३८१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३२ हजार ६८८ जनाको मृत्यु भएको छ ।

    त्यस्तै अर्जेन्टिना ८ लाख ५६ हजार ३०९ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २२ हजार ७१० जनाको मृत्यु भएको छ । त्यस्तै पेरुमा ८ लाख ३८ हजार ६१४ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार ९८ जनाको मृत्यु भएको छ ।

    उता मेक्सिकोमा ८ लाख ४ हजार ४८८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८३ हजार ९६ जनाको मृत्यु भएको छ । यस्तै दक्षिण अफ्रिकामा ६ लाख ८६ हजार ८९१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने १७ हजार ४०८ जनाको मृत्यु भएको छ ।

    विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबार बिहानसम्म १० लाख ६६ हजार ८५६ पुगेको छ ।सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ६७ लाख ५१ हजार ५०२ पुगेको छ । युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु फेरि प्रतिबन्धहरु घोषणा गर्न थालिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ