• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    सन्दीप लामिछाने लङ्का प्रिमियर लिगको छनोट प्रक्रियामा

    486
    SHARES

    काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग (एलपीएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट) मा परेका छन् । ड्राफ्टमा परेका सन्दीप रहेको श्रेणीका खेलाडीले न्युनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् ।

    सन्दीप हाल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने क्रममा युनाइटेड अरब इमिरेट्स (युएई) मा छन् । यसैगरी अर्का नेपाली खेलाडी सुमन गौतम पनि एलपीएलको ड्राफ्टमा परेका छन् ।

    सुमन हाल अष्ट्रेलियामा छन् । गौतम रहेको श्रेणीका खेलाडीले १५ हजारदेखि २५ हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाउने छन् । आज हुने अक्सनबाट सन्दीप र सुमनको छनोटबारे टुंगो लाग्ने नेपाली राष्ट्रिय टोलीका प्रविधि विश्लेषक रमन शिवाकोटीले जानकारी दिए ।

    लङ्का लिग नोभेम्बर २१ तारिखदेखि सुरु हुनेछ । श्रीलङ्का क्रिकेट बोर्डले पहिलो पटक लङ्का प्रिमियर लिग आयोजना गर्दैछ । उक्त लिगमा २८ विदेशी खेलाडीले स्थान पाउनेछन् । रासस

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ